बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बागमतीमा विकास बजेट २९ अर्ब, राजस्व संकलनको लक्ष्य पौने २४ अर्ब

बागमतीमा विकास बजेट २९ अर्ब, राजस्व संकलनको लक्ष्य पौने २४ अर्ब

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रकम बजेट विनियोजन गरेको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रकम बजेट विनियोजन गरेको छ। स्वास्थ्य पूर्वाधार तथा कोरोना महामारीलाई प्राथमिकता दिँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले मंगलबार बजेट सार्वजनिक गरेका हुन्।

बागमती सरकारले आगामी आर्थिक वर्षमा पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार विनियोजन गरिएको छ। पुँजीगत बजेटलाई विकास खर्चका रुपमा लिइन्छ। त्यस्तै  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ। वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री ढुंगेलले जानकारी दिए।

पौने २४ अर्ब राजस्व संकलनको लक्ष्य

बजेटमा स्रोतका रुपमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पौनै २४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य बागमती प्रदेश सरकारले लिएको छ। बागमती सरकारले आगामी आर्थिक वर्षमा २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको हो।

त्यस्तै अन्य राजस्वमार्फत ६ अर्ब  ८२ करोड १३ लाख ३० हजार रुपैयाँ प्राप्ति हुने मन्त्री ढुंगेलले बताए। बागमतीमा संघीय सरकारले दिने अनुदानमार्फत १६ अर्ब ९२ करोड ६८ लाख र विविध शीर्षकबाट १ अर्ब ५ करोड ९ लाख प्राप्ति हुने अनुमान बागमती प्रदेश सरकारको छ। त्यस्तै चालू आर्थिक वर्ष एवं विगत आर्थिक वर्षको बजेटबाट बचतबाट ९ अर्ब १० करोड रुपैयाँ आगामी आर्थिक वर्षको बजेटको स्रोतका रुपमा परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।

प्रकाशित: Jun 15, 2021| 13:28 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्