बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुदूरपश्चिम : कर्मचारीलाई थप ३ हजारसम्म भत्ता [बजेटको पूर्णपाठ]

सुदूरपश्चिम : कर्मचारीलाई थप ३ हजारसम्म भत्ता [बजेटको पूर्णपाठ]

प्रदेश सरकारले दार्चुला, बाजुरा र बझाङमा खटिने कर्मचारीहरूलाई मासिक ३ हजारसम्म भत्ता थप गर्ने घोषणा गरेको छ। यस्तै अछाम, डडेल्धुरा र बतडी तथा डोटीमा खटिने कर्मचाहरूले मासिक २५ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी कर्मचारीहरूलाई कम्तीमा २ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ। मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

प्रदेश सरकारले दार्चुला, बाजुरा र बझाङमा खटिने कर्मचारीहरूलाई मासिक ३ हजार रुपैयाँ भत्ता थप गर्ने घोषणा गरेको छ। यस्तै अछाम, डडेल्धुरा र बतडी तथा डोटीमा खटिने कर्मचाहरूले मासिक २५ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन्।

कैलाली र कञ्चनपुरमा खटिने कर्मचारीहरूले भने ३ हजार मासिक भत्ता दिने घोषणा प्रदेश सरकारले गेरेको छ। यो भत्ता साउन १ देखि कर्मचारीले प्राप्त गर्नेछन्। 

यस्तै प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि ९६ करोड बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ जना प्रदेशसभा सदस्य छन्। एक जना प्रदेशसभा सदस्यलाई ३ करोडका दरले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो। कार्यक्रमकको रकम प्रदेश सभा सदस्यहरुले छनोट गरेका क्षेत्रमा खर्च हुँदै आएको छ।

संघीय सरकारसहित केही प्रदेश सरकारले भने पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरिसकेका छन्।

पूर्णपाठ

प्रकाशित: Jun 15, 2021| 13:20 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्