बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बागमती : कोरोना खोपका लागि २ अर्ब विनियोजन [बजेटको पूर्णपाठ]

बागमती : कोरोना खोपका लागि २ अर्ब विनियोजन [बजेटको पूर्णपाठ]

'प्रदेश प्रमुख कोभिड खोप कार्यक्रमका लागि अर्वको व्यवस्था गरेको छु,' मन्त्री ढुंगेलले पेस गरेको वक्तव्यमा उल्लेख छ। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- बागमती प्रदेश सरकारले कोरोना भाइरसविरुद्धको खोपका लागि २ अर्बको व्यवस्था गर्ने भएको छ। आगामी आवका लागि प्रदेश सभामा बजेट पेस गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले यस्तो घोषणा गरेका हुन्। 

'प्रदेश प्रमुख कोभिड खोप कार्यक्रमका लागि अर्वको व्यवस्था गरेको छु,' मन्त्री ढुंगेलले पेस गरेको वक्तव्यमा उल्लेख छ। 

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँक बजेट ल्याएको छ। बागमतीले चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ  विनियोजन गरेको छ भने पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार विनियोजन गरिएको हो। 

बागममती प्रदेशले आगामी आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटमा स्रोतको रुपमा राजश्वमार्फत् २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। 

संघीय सरकारले दिने अनुदानमार्फत् १६ अर्ब ९२ करोड ६८ लाख र विविध स्रोतबाट १ अर्ब ५ करोड ९ लाख प्राप्ती हुने अनुमान बागमती प्रदेश सरकारको छ।

त्यस्तै चालु आर्थिक वर्ष एवं विगत आर्थिक वर्षको बजेटबाट ९ अर्ब १० करोड प्राप्त भई आगामी आर्थिक वर्षको बजेटको स्रोतको रुपमा परिचालन गरिने प्रदेश सरकारले बजेट वक्तव्यमार्फत जानकारी गराएको छ।

बजेटको पूर्णपाठ
 

प्रकाशित: Jun 15, 2021| 12:54 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्