काठमाडौंको ग्रिनपिस रिसोर्टबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले टोलीले व्यावसायिक रुपमा कौडा खेलिरहेका उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे पनौतीका पनतमान गोले, देउपुरका दयाराम नेपाल, ललितपुर माहाँकालका महेश बजगाई, काठमाण्डौ नुछेका दिपेश खडगी, नरदेबिका सानुकाजी महर्जन रहेका छन् ।
यस्तै थाहानगरपालिका मकवानपुरका बसुन्धरा के. सी, सोहि नगरपालिकाका भभन बलामी, नन्दि केसर घिमिरे हेटौडाका तुलसा कार्की, काठमाण्डौ पुरानो बानेश्वरकी अनिता क्षेत्री, काठमाण्डौ स्वयंभुका गौतम महर्जन, दिपक मर्हजन पक्राउ गरेको प्रहरील जनाएको छ ।
पक्राउ पर्ने अन्यमा रोल्पा खुग्रीकी कमला सिंह, रामेछाप बेलातीकी गोमा थापा, नुवाकोट लुखुका कृष्ण बस्नेत, सिन्धुपाल्चोक कर्थलीका नबिन गुरुङ रहेका छन् ।
उनिहरुको साथबाट नगद ४ लाख ५२ हजार ६ सय ५०, कौडा र मोबाइल बरामद गरीएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४