काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँक बजेट ल्याएको छ। बागमतीले चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ भने पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार विनियोजन गरिएको बागमतीका आर्थिक मामिला मन्त्री कैलाप्रसाद ढुंगेलले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ।
मागमति प्रदेशले आगामी आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटमा स्रोतको रुपमा राजश्वमार्फत् २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
संघीय सरकारले दिने अनुदानमार्फत् १६ अर्ब ९२ करोड ६८ लाख र विविध स्रोतबाट १ अर्ब ५ करोड ९ लाख प्राप्ती हुने अनुमान बागमती प्रदेश सरकारको छ।
त्यस्तै चालु आर्थिक वर्ष एवं विगत आर्थिक वर्षको बजेटबाट ९ अर्ब १० करोड प्राप्त भई आगामी आर्थिक वर्षको बजेटको स्रोतको रुपमा परिचालन गरिने प्रदेश सरकारले बजेट वक्तव्यमार्फत जानकारी गराएको छ।