सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको पहिलो बैठकमै झट्का, शेरचन अनुपस्थित, बोहराको बहिष्कार

नेकपाको पहिलो बैठकमै झट्का, शेरचन अनुपस्थित, बोहराको बहिष्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठकमै तनाव भएको छ। पार्टीको विधान, नियमावली र मर्यादाक्रमलाई लिएर विवाद उत्पन्न भएको हो। 

उक्त पार्टीको स्थायी समिति बैठक शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछिको पहिलो स्थायी समिति बैठक हो त्यो । 

नियमावली र विधान निर्वाचन आयोगमा बुझाइए पनि त्यसमा रहेका धेरै कुरामा स्थायी समिति सदस्यहरूले आपत्ति जनाउँदै आएका छन् । विधान र नियमावली पारित गर्ने शनिबारको बैठकको एजेन्डा थियो । 

तर, स्थायी समिति सदस्यहरूले आपत्ति जनाएपछि सुझावसहित सचिवालयमा छलफल गर्ने तय भएको छ । छलफलबाट आउने निष्कर्ष १५ दिनपछि स्थायी समितिबाट पारित गराउने निर्णय भएको छ । 

पार्टी एकीकरणमा बाधा नहोस् भनेर त्यतिबेला आफूहरूले आपत्ति नजनाएको असन्तुष्ट स्थायी समिति सदस्यहरूले बैठकमा बताएका थिए । तर, छलफल र सल्लाह नै नगरी बनाएको विधान र नियमावली मान्य नहुने उनीहरूले बताएका छन् । 

यसरी आपत्ति जनाउनेहरूमा स्थायी समिति सदस्य भीम रावल, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मालगायत थिए । 

बोहराको बहिष्कार,  शेरचन अनुपस्थित

स्थायी समितिमा आमन्त्रित सदस्य राखिएकामा असन्तुष्टि जनाउँदै आएका अमिक शेरचन बैठकमा सहभागी भएनन् । स्रोतका अनुसार आफूलाई आमन्त्रित सदस्यमा राखेर अपमान गरिएको बताउँदै सहभागी नभएका हुन् । 

तत्कालीन एमालेको अनुशासन आयोगका अध्यक्षका रूपमा बोहराले दुई कार्यकाल बिताएका थिए । आमन्त्रित सदस्यको बिल्ला नहटाइएसम्म सहभागी नहुने उनले जानकारी गराएर उनी बालुवाटारबाट बाहिरिन खोजेका थिए । तर, अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्ने आश्वासन दिएपछि उनी बसेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।