बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रत्येक वडामा कृषि प्राविधिक पुर्याउने कृषि प्राविधिक सेवामा किसानको पहुँच कार्यक्रमका लागि ३३ करोड बजेट छुट्याएकाे छ। आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले कृषि क्षेत्रमा क्रान्ति ल्याउन बजेट छुट्याइएको बताए।
उनले प्राविधिक जनशक्ति अभावका किसानले परम्परागत कृषिको भर परको भन्दै प्रत्येक किसान परिवारको कृषि योजना बनाउने गरी वडा तहमै प्राविधिकको व्यवस्था गर्न कृषि प्राविधिक सेवामा किसान पहुँच कार्यक्रम ल्याइएको अर्थमन्त्रीको दाबी छ। उनका अनुसार जनशक्तिका रुपमा मात्रै १ हजार ९२ जना कृषि प्राविधिक रोजगार हुनेछन्।
एक स्थानीय तह एक स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिइएको छ। जसका लागि ३५ करोड विनियोजना गरिएको छ। ९२० हेक्टरमा रहेको करार खेती कार्यक्रमलाई १२ सय हेक्टरमा पुर्याउे गरी करार खेती कार्यक्रमलाई निरन्तरता दिइएको छ। ब्याजमा अनुदान, सहकारी क्षेत्रको लगानीका लागि बजेट व्यवस्था गरिएको मन्त्री चौधरीले बताए। हरेक जिल्लामा माटो परीक्षणका लागि मिनि ल्याब बनाइने भएको छ।