सोमबार, चैत ९, २०८२

शैक्षिक सत्र सुरु, शिक्षकलाई सम्पर्कमा आउन केन्द्रको आग्रह

भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभए पनि विधिवत् रुपमा शैक्षिक सत्र सुरु गरिएको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभए पनि विधिवत् रुपमा शैक्षिक सत्र सुरु गरिएको छ। कक्षा १० सम्मको अध्ययनअध्यापन कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विधिवत् रुपमा विद्यालय तहको नयाँ शैक्षिक सत्र भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको हो।

National life

विद्यालयले विभिन्न माध्यबाट विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गरेको शिक्षा मन्त्रालयका विद्यालय शाखा प्रमुख विदुरराज गरीले जानकारी दिए। उनले भने, ‘अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीलाई नयाँ कक्षा प्रवेशको जनकारी, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको सुरुवात भएको छ।’

विद्यार्थी कक्षा चढ्ने, पाठ्यपुस्तक जम्मा गर्ने लगायतका काम अघि बढे पनि पठनपाठन सहज भने भएको छैन। यसका लागि अझै केही समय लाग्ने देखिन्छ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिना सूचना विद्यालय अनुपस्थिति रहेका शिक्षकलाई पनि सम्पर्कमा आउन आग्रह गरेको छ।

मन्त्रालयले विद्यालयले असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने, वैकल्पिक विधिबाट भए पनि विद्यार्थीको अभिलेखीकरण गर्ने, वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिने, विद्यालयले आफ्नो नजिकको बिक्रेताबाट खरिद गरेर विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जनाएको छ।

Laxmi sunrise bank
kumari

सरकारले यसअघि नै असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ गरिने भएकाले सोहीअनुसार तयारी गर्न सबै विद्यालयलाई निर्देशन दिएको थियो। नयाँ शैक्षिक सत्र सुरु भएसँगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिना सूचना विद्यालय अनुपस्थिति रहेका शिक्षकलाई पनि सम्पर्कमा आउन आग्रह गरेको छ।

खोप नपाएसम्म भौतिक कक्षा नचलाउने शिक्षक महासंघको चेतावनी

 

प्रकाशित: Jun 15, 2021| 09:17 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्