आइतबार, वैशाख २७, २०८३

विश्वकै ठूलो परिवारका मुखियाको मृत्यु

पूर्वी भारतको मिजोरम राज्यमा रहेको विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु भएको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

National life

काठमाडौं- पूर्वी भारतको मिजोरम राज्यमा रहेको विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु भएको छ। संसारकै सबैभन्दा ठूलो परिवारका ७६ वर्षीय मुखिया जियोेना चानाको सोेमबार मृत्यु भएको हो।

बीबीसीका अनुसार जियोना चानाका ३८ श्रीमती छन्। उनका ३८ श्रीमतीबाट ८९ छोराछोरी र ३६ जना नातिनातिना छन्। चाना विगत केही वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए।

उनी बिरामी परेपछि उनकै गाउँ बक्तावङ्गमा तीन दिनदेखि उपचार भइरहेको थियो। घरमै उपचार गराइरहेका चानाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई अस्पताल लगिएको  थियो। अस्पताल पुग्दा चिकित्सकले उनलाई  मृत घोषित गरेका थिए।

प्रकाशित: Jun 15, 2021| 07:46 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।