बुधबार, असोज १४, २०८३

प्रज्ञा-प्रतिष्ठानका संस्थापक कुलपति मविवि शाहको सम्झना

नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति  तत्कालीन राजा महेन्द्र शाह (कवि मविवि शाह) को १०२औं जन्मजयन्तीका अवसरमा आज कमलादीस्थित प्रज्ञा भवनमा अवस्थित शाहको प्रतिमामा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति  तत्कालीन राजा महेन्द्र शाह (कवि मविवि शाह) को १०२औं जन्मजयन्तीका अवसरमा आज कमलादीस्थित प्रज्ञा भवनमा अवस्थित शाहको प्रतिमामा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्थापक कुलपति शाहको प्रतिमामा माल्यार्पण गरी श्रद्धा अर्पण गर्दै प्रतिष्ठानले आफ्ना संस्थापकको स्मृतिमा कार्यक्रम आयोजना गर्ने परम्परा कायम राखेको बताए। कुलपति उप्रेतीले भने, ‘तत्कालीन राजा तथा कवि मविवि शाहद्वारा आधुनिक नेपालको निर्माणका लागि बहुलतालाई आत्मसात् गरी भावनात्मक एकता कायम गर्नुपर्छ र त्यसका लागि एउटा प्राज्ञिक संस्था चाहिन्छ भन्ने सत्यलाई बुझेर नै त्यस समयका वरिष्ठ साहित्यकारको सल्लाह, सझुाव र साथ लिएर प्रतिष्ठानको स्थापना गरिएको हो। राष्ट्रका लागि यस्तो गौरवमय संस्थाका संस्थापक कुलपतिको स्मरण गर्नु हाम्रो कर्तव्य हो । नेपाली साहित्यको कविता विधामा कवि शाहको योगदान उत्तिकै स्मरणीय छ।’

राजा महेन्द्रद्वारा आफ्नो नेतृत्वमा विसं.२०१४ असार ९ गते ‘नेपाली साहित्य कला एकेडेमी’का नामबाट नेपाल प्रज्ञा-प्रतिष्ठानको गठन गरिएको थियो।  ‘नेपाली साहित्य कला एकेडेमी’का रूपमा गठित यसको नाम उपर्युक्त मितिमा गजेटमा प्रकाशित ऐनअनुसार ‘नेपाल एकेडेमी’ रहन गएको थियो। त्यस्तै वि.सं. २०१९ मा नाम परिवर्तन गरी ‘रायल नेपाल एकेडेमी’ बनाइएको थियो ।

उक्त संस्थालाई तत्कालीन राजा महेन्द्रको देशका विभिन्न संस्थाका नामलाई नेपालीकरण गर्ने इच्छाअनुरूप ‘रायल नेपाल एकेडेमी’लाई नेपालीमा ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ नामकरण गर्ने र अन्तर्राष्ट्रिय व्यवहारलाई ध्यानमा राखी अङ्ग्रेजीमा रोयल नेपाल एकेडेमी नै कायम गर्ने तथा नेपाली र अङ्ग्रेजी दुवैमा शुरुदेखि चान्सलर र भाइस चान्सलर जस्ता शब्दहरू प्रचलनमा ल्याइएकामा अबदेखि नेपालीमा उक्त शब्दहरूलाई क्रमशः कुलपति र उपकुलपति लेख्ने गरी कुलपति राजा महेन्द्रमा प्रस्ताव गरिएकामा उक्त प्रस्ताव स्वीकृत भई वि.सं. २०२४ वैशाख ६ गतेदेखि नै लागु भएको थियो।

वि.सं.२०४६ सालको जनआन्दोलनपछि पुनःस्थापित संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा यो साबिककै ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ नामबाट सञ्चालनमा रह्यो। वि.सं. २०६२/६३ को पछि भने राजकीय शब्द हटाएर नेपाल प्रज्ञा–प्रतिष्ठान कायम गरिएको थियो। प्रज्ञा भवन रहेको पचास रोपनी जग्गा राजा महेन्द्रले आफ्नै पैसाले खरिद गरी प्रज्ञा–प्रतिष्ठानलाई सुम्पिएका थिए। रासस

प्रकाशित: Jun 15, 2021| 01:41 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।