काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य जाँचका लागि नर्भिक अस्पताल पुगेका छन् । मुटुको नियमित जाँचसंगै मुत्रसम्बन्धी समस्या देखापरेपछि उनी आइतबार बिहान साढे ८ बजे अस्पताल पुगेका हुन् ।
ज्ञानेन्द्रका निजी सहयोगी फडिराज पाठकले नेपाल समयलाई दिएको जानकारी अनुसार उनको मुटुसम्बन्धी जाँच गराउनुका साथै युरिन इन्फेक्सनका कारण देखिएका समस्याको जाँच गर्न नर्भिक ल्याइएको हो ।
ज्ञानेन्द्रलाई सन् २०१४ मा हर्ट अट्याक भएको थियो भने गतवर्षको साउनमा धमनीमा ८०/८५ प्रतिशत ब्लक भएको पाइएपछि एनजीओप्लास्ट गरिएको थियो ।
हर्ट अट्याकपछि उनी नियमति रुपमा स्वास्थ्य जाँच गराउँदै आएका छन् । उनको नियमित स्वास्थ्य जाँच डा. भरत रावत र भरतबहादुर भण्डारीले गर्दै आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४