आइतबार, वैशाख ७, २०८२

अस्पतालमा तीन महिनाअघिको झल्को, आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल

साउन लागेसँगै अस्पतालहरुमा फेरी बिरामीको भिडभाड सुरु भएको छ। तीन महिना अगाडिको झझल्को दिनेगरी चिकित्सकको दौडधुप सुरु भएको छ। शुक्रराज अस्पतालको इमर्जेन्सी, आइसियू, भेन्टिलेटर सबै विरामीले भरिएका छन्। अस्पतालमा एम्बुलेन्स आउने–जाने क्रम बढेको छ।
 |  बुधबार, साउन २०, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, साउन २०, २०७८

vianetvianet

काठमाडौं– नेपालमा कोरोना संक्रमणको दोस्रो लहर वैशाख अन्तिमतिर उच्च विन्दुमा पुगेको थियो। संक्रमण उकालो लाग्दै गर्दा अस्पतालका बेडहरु सबै भरिएका थिए। नयाँ बिरामीले अस्पतालमा भर्ना पाउने अवस्था थिएन। अक्सिजनको हाहाकार थियो। विशेषगरी सरकारी अस्पतालले थेग्न नसक्ने अवस्था थियो। 

triton college

गत चैतदेखि नै कोरोना संक्रमण उकालो लाग्दै गर्दा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको सबै बेड भरिएका थिए। अस्पतालभित्रका बेडमा बिरामीले ठाउँ नपाएपछि अस्पतालको पिँढी, गल्ली, आँगन, टहरालगायत सबै खालि ठाउँमा राखी बिरामीलाई उपचार गरेको थियो। 

विस्तारै संक्रमण दर घट्दै गएपछि अस्पतालमा बिरामीको संख्या घट्न थालेको थियो। चिकित्सकलाई केही राहत महसुस भएको थियो। तर साउन लागेसँगै अस्पतालहरुमा फेरी बिरामीको भिडभाड सुरु भएको छ। तीन महिना अगाडिको झझल्को दिनेगरी चिकित्सकको दौडधुप सुरु भएको छ। शुक्रराज अस्पतालको इमर्जेन्सी, आइसियू, भेन्टिलेटर सबै विरामीले भरिएका छन्। अस्पतालमा एम्बुलेन्स आउने–जाने क्रम बढेको छ। 

उपत्यकाका अस्पतालहरुमा अहिले आईसियू, भेन्टिलेटरमा बिरामीको संख्याले भरिएको छ। नयाँ बिरामीलाई तत्काल आइसियू, भेन्टिलेटर पाउन गाह्रो हुने अवस्था आइसकेको छ।

उपत्यकाका अस्पतालहरुमा अहिले आईसियू, भेन्टिलेटरमा बिरामीको संख्याले भरिएको छ। नयाँ बिरामीलाई तत्काल आइसियू, भेन्टिलेटर पाउन गाह्रो हुने अवस्था आइसकेको छ। खालि बन्दै गएको शुक्रराज अस्पताल फेरी भरिन थालेको देखिन्छ। अस्पतालको बाहिरपट्टी टहरामा अक्सिजन जोडेर तयार गरिएको छ। 

दोस्रो लहरको संक्रमण घट्दै जाँदा प्रांगणको छेउमा बनाइएको टहरामा राखिएको १० वटा बेड हटाई त्यहाँबाट खोप अभियान सञ्चालन गरिएको थियो। तर संक्रमण बढेसँगै खोप अभियान नै स्थगित गरेर कोरोनाका बिरामी राख्ने तयारी गरिएको छ। 

National life insurance

‘अस्पताल आइपुग्ने बिरामीहरु सबैलाई आइपुग्नेवित्तिकै अक्सिजनको आवश्यकता परेको छ,’ अस्पतालका सूचना अधिकारी नवराज गौतमले भने। उनका अनुसार उपत्यका बाहिरबाट आउने विरामी सिकिस्त भएर मात्रै आइपुग्छन्। 

शुक्रराज अस्पतालको यो दृष्यले फेरि अर्को संक्रमणको खतरा प्रष्ट देखिएको अस्पतालका निर्देशक डा. अनुप बास्तोला बताउँछन्। अबको एक महिना भित्रमा अवस्था निकै गम्भिर हुने डा. बास्तोलाको अनुमान छ। 

सरकारले असोज १५ मा कोरोना संक्रमणको तेस्रो लहर आउने आँकलन गरेको छ। तर डा. बास्तोलाका अनुसार सरकारको अनुमान भन्दा अगाडि नै तेस्रो लहरको उच्च विन्दु पुग्न सक्छ।

त्यसो त शुक्रराज अस्पतालमा दोस्रो लहर यता आइसियू भेन्टिलेटर पूर्णरुपमा खालि हुन पाएनन्। ७० प्रतिशत भन्दा धेरै बेडहरु भरिइरहेका थिए। हाल अस्पतालमा करिब ८० जना बिरामी उपचाररत छन्। अस्पतालमा परीक्षण गराएकाहरुमध्ये ३० प्रतिशत पोजेटिभिटी दर रहेको बास्तोला बताउँछन्। 

उता त्रिवि शिक्षण अस्पतालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। असारसम्म पनि अस्पतालको इमर्जेन्सीमा थोरै संख्यामा बिरामी देखिन्थे। तर साउन लागेसँगै संक्रमितको संख्या बढ्दै गएको अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दास बताउँछन्। दोस्रो वेभपछि आईसियू, भेन्टिलेटर ६० प्रतिशत भन्दा बढीमा बिरामी भरिइरहेको उनी बताउँछन्। हाल अस्पतालमा करिब डेढ सय बिराकी भर्ना भएका छन्।

स्वास्थ्यको मापदण्ड पालना नगर्नु, निषेधाज्ञा खुकुलो हुनु, भिडभाड बढ्नुले संक्रमण बढेको उनी बताउँछन्। साथै खोप लगाएका मानिसले खोप लगाएपछि कोरोना सर्दैन भन्ने भ्रमले पनि संक्रमण बढेको डा. दासको तर्क छ।

दोस्रो लहर कम हुँदै गर्दा नै जनस्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउने संकेत गर्दै तयारी अवस्थामा रहन सचेत गराएका थिए। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘संक्रमण लामो समयसम्म रहँदा भाइरसले रुप परिवर्तन गरिरहन्छ, जसले गर्दा धेरै क्षति गर्न सक्ने सम्भावना रहेकाले भाइरसलाई जतिसक्दो छिटो समुदायबाट निस्तेज गर्नुपर्छ। दोस्रो लहरमा जे–जे गल्ती गरेका थियौँ, अहिले त्यो गल्ती नदोहोर्‍याउने हो भने पहिलेजस्तो क्षति हुँदैन।’ 

यस्तै, पाटन अस्पतालका निर्देशक रवि शाक्यका अनुसार अहिले अस्तपालमा आएका बिरामीलाई अन्य ठाउँमा रेफर गर्नुपर्ने अवस्था आएको छ। अस्पताल आउनेवित्तिकै बिरामीले बेड नपाउने समस्या देखिन थालेको उनी बताउँछन्। शाक्यका अनुसार अस्पतालमा १५० भन्दा धेरै संक्रमित उपचाररत छन्। दैनिक सक्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष (आइसीयु), हाइडिपेन्डेन्सी युनिट (एचडीयु), भेन्टिलेटरमा बिरामी भरिएको बताए। उता कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा पनि इमर्जेन्सी कक्ष भरिएको छ। सशस्त्र प्रहरी बल अस्पतालका कोभिड फोकल पर्सन डा. प्रवीण नेपालले अस्पतालका सबै शय्या भरिसकेको बताए। पछिल्ला दुई साता यता बिरामीको संख्या बढ्दै गएको उनी बताउँछन्। 

दोस्रो लहर कम हुँदै गर्दा नै जनस्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउने संकेत गर्दै तयारी अवस्थामा रहन सचेत गराएका थिए। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘संक्रमण लामो समयसम्म रहँदा भाइरसले रुप परिवर्तन गरिरहन्छ, जसले गर्दा धेरै क्षति गर्न सक्ने सम्भावना रहेकाले भाइरसलाई जतिसक्दो छिटो समुदायबाट निस्तेज गर्नुपर्छ। दोस्रो लहरमा जे–जे गल्ती गरेका थियौँ, अहिले त्यो गल्ती नदोहोर्‍याउने हो भने पहिलेजस्तो क्षति हुँदैन।’ तेस्रो लहर निम्त्याउन सरकारले ठूलो लापरवाही गरेको उनी बताउँछन्। 

समुदाय स्तरमा परीक्षणमा नजानु, कन्ट्याक्ट ट्रेसिङमा ध्यान नदिनु, होल्डिङ सेन्टर अहिलेसम्म नबन्नु लगाएतका गल्ति सरकारले गरेको उनी बताउँछन्। अस्पतालमा उपचार गरेर मात्रै महामारी नियन्त्रण नहुने उनले सुझाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भन्छन्, ‘अहिलेको अस्पतालको अवस्थालाई मात्रै हेर्ने हो भने कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ। शुक्रराज अस्पताल र कल सेन्टरमा आएका फोनले देशभरको कोरोना अवस्थाको चित्रण गर्छ, अहिले यो क्रम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा तेस्रो लहर आइनसके पनि अस्पतालको अवस्था हेर्दा तेस्रो लहर सुरु भइसकेको छ,’ उनले भने। 

साउन ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर छिट्टै आउन सक्ने संकेत गर्दै स्वास्थ्य संस्थाहरुमा अक्सिजन, शय्यालगायत आवश्यक पूर्वाधारहरु चुस्तदुरुस्त राख्न आग्रह गरेको छ। तेस्रो लहर बालबालिकाका लागि जोखिम हुने भन्दै २० प्रतिशत शय्या बालबालिकाको उपचारका लागि छुट्याउन देशभरका अस्पताललाई निर्देशन दिएको छ। सबै अस्पताललाई अक्सिजन सिलिण्डर भरेर राख्न मन्त्रालयले भनिसकेको छ। कोभिड सूचीकृत अस्पतालमा २ हजार ६०० आइसीयू रहेको र ६३० थप गर्ने प्रक्रियामा छन् । यस्तै ९०० भेन्टिलेटर र दुई हजार ७५ एचडीयू रहेका छन् । 

यसैबीच, काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना बढाउने खालका गतिविधि नगर्न आग्रह गरेको छ। कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझै बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे–गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जनाएको छ।

प्रकाशित: Aug 04, 2021| 10:26 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्