सोमबार, भदौ ८, २०८३

१४औं महाधिवेशन भदौमै हुन्छ : कांग्रेस संगठन विभाग  

नेपाली कांग्रेसको संगठन विभागले पार्टीको १४औं महाधिवेशन भदौमै हुने बताएको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- नेपाली कांग्रेसको संगठन विभागले पार्टीको १४औं महाधिवेशन भदौमै हुने बताएको छ। विभागका प्रमुख गोपालमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै महाधिवेशन भदौमै हुने बताएका हुन्।

‘कांग्रेसको १४औं महाधिवेशन भदौ मसान्तसम्म गरिक्नुपर्ने संवैधानिक बाध्यता छ। यसअघि भदौ ७ देखि महाधिवेशन गर्ने कार्यतालिका रहेकोमा हालै बसेको पदाधिकारी बैठकले भदौ १६-१९ गते महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।

पदाधिकारी बैठकको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गर्ने छ। ‘पदाधिकारी बैठकले पार्टीको महाधिवेशन गर्ने प्रस्तावबमोजिम स्वास्थ्यका सबै मापदण्ड अपनाई तोकिएको समय सीमाभित्र स्थानीय, प्रदेश र केन्द्रको अधिवेशन गर्न पार्टीका सम्पूर्ण तह र तप्काका साथीहरु, भ्रातृ र शुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिका साथीहरुलाई हार्दिक आह्वान गर्दछु’, विज्ञप्तिमार्फत् श्रेष्ठले भनेका छन्।

प्रकाशित: Jun 14, 2021| 11:10 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।