काठमाडौं- वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएका छन् । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको क्यानसरकै कारण मिर्गोला फेल भएको चिकित्सकहरुले बताएका छन् ।
पित्तथैलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनले मिर्गौला फेल गराएको उनीहरूको भनाइ छ । देवकोटाको उपचार भइरहेको बाँसबारी न्युरो अस्पतालका चिकित्सकका अनुसार दुई साताअघि उनको दुवै मिर्गौला फेल भएको हो ।
मिर्गौला फेल भएको पुष्टि भएसँगै देवकोटाको न्युरो अस्पतालको आइसियुमै नियमित डायलाइसिस गरिएको छ । मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेका अनुसार दुई हप्ताको बीचमा सातपटक डायलाइसिस गरिएको छ ।
क्यान्सरले गलेका देवकोटाको मिर्गौलासमेत फेल भएपछि स्वास्थ्य थप जटिल बनेको चिकित्सकहरुले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४