सोमबार, भदौ ८, २०८३

मोरङमा निषेध आदेश असार ७ सम्म लम्बियो

कोरोना संक्रमण नियन्त्रणका लागि मोरङमा जारी निषेध आदेश असार ७ गतेसम्म लम्व्याइएको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

विराटनगर– कोरोना संक्रमण नियन्त्रणका लागि मोरङमा जारी निषेध आदेश असार ७ गतेसम्म लम्व्याइएको छ।

गत वैशाख १८ गतेदेखि जारी निषेध आदेश सोमबार रातीबाट सकिँदै थियो । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीको बैठकले केही खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए । 

यस अघि विहान १० बजे सम्म मात्र खाद्यान्न लगायतका अति आवश्यक सामग्रीका पसल खोल्ने निर्णय गरिएको थियो । असार १ गतेबाट विहान ११ बजे सम्मलाई थप समय बढाइएको छ । डिसीसीएमसीको बैठकबाट पुस्तक पसल र हार्डवेयर पसललाई पनि खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।  

पछिल्लो समयमा कोरोना संक्रमणदर घट्दै गएकाले प्रदेश राजधानी विराटनगरसहित मोरङका १७ वटै स्थानीय तहहरुमा निषेध आदेश खुकुलो बनाउँदै लगिने भएको छ ।

प्रकाशित: Jun 14, 2021| 09:21 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।