सोमबार, भदौ ८, २०८३

सुदूरपश्चिम प्रदेशले ३० अर्बको बजेट ल्याउँदै

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बजेट ३० अर्ब रूपैयाँ आसपास रहने छ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो। मंगलबार अपरान्ह ४ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले बजेट प्रस्तुत गर्ने छन्।  

कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकता दिइएको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारीलाई प्राथमिकतामा राखिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झलक अधिकारीले आगामी आर्थिक वर्षका लागि २३ अर्ब ८९ करोड रूपैयाँको स्रोत सुनिश्चित भएको बताए। 

संघीय सरकारले प्रदेश सरकारलाई १४ अर्ब ५८ करोड दुई लाख रकम विनियोजन गरेको अधिकारीको भनाइ छ। चालु आर्थिक वर्षमा १४ अर्ब २५ करोड ८२ लाख रकम अनुदान उपलब्ध गराएको थियो। 

अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को बचत, समपुरक अनुदान, विशेष अनुदान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट रोयल्टी बाँडफाटबाट प्राप्त हुने सात अर्ब ४३ करोड रूपैयाँ बजेटमा समावेश हुनेछ। प्रदेशको आन्तरिक राजश्व परिचालन करिब ८० करोड रूपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको उनले बताए।

प्रकाशित: Jun 14, 2021| 07:40 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।