काठमाडौं- बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको आज सोमबार एक वर्ष पूरा भयो। सुशान्तको मृत्युबारे अध्ययन अनुसन्धान गर्न पाँच वटा छानिबन टोली लागिपरेका छन। तर, अहिलेसम्म उनको मृत्युको रहस्य बाहिर आउन सकेकोे छैन।
शुरुमा सुशान्तले आत्महत्या गरेको खबर सार्वजनिक भए पनि पछि अनुसन्धान तथा स्थितिले अर्कै रुप लिएको थियो। ३४ वर्षीय सुशान्त १४ जुन २०२० मा आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए।
राजपूत मृत्युको नालीबेली निकाल्न मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो, नारकोटिक्स कन्ट्रोल ब्युरो र प्रवर्तन निर्देशनालय लागिपरेका छन्। तर अहिलेसम्म कसैले पनि सुशान्तले आत्महत्या गरेका हुन् वा अन्य कुनै कारण हो, पत्ता लगाउन सकेका छैनन्। उनकोे मृत्युको रहस्य अहिलेसम्म खुलेको छैन।
मुम्बई प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा सुशान्तले आत्महत्या गरेको बताएकोे थियो। सीआईबीले भने अहिलेसम्म आफ्नो अनुसन्धानको नतिजा बाहिर ल्याएको छैन।
नारकोेटिक्स कन्ट्रोल ब्युरोले बलिउडमा ड्रग्स सिन्डिकेट रहेको भन्दै ड्रग्स लिने बलिउड कलाकारहरु बारे अध्ययन अनुसन्धान गरिरहेको छ।
त्यस्तै प्रवर्तन निर्देशनालयले गरिरहेको उनकोे खातामा रहेको पैसाबारे अनुसन्धान गरे पनि कुनै तथ्य फेला पार्न सकेको छैन। राजपूतकोे मृत्युबारे पाँच एजेन्सीले अनुसन्धान गरिरहे पनि अहिलेसम्म सत्यतथ्य बाहिर आउन नसक्नु आफैंमा आश्चर्यजनक छ।
भारतीय सर्वसाधारण तथा राजपूतका शुभचिन्तकले अनुसन्धाताहरुले के अनुसन्धान गरेको भन्दै आलोचना गरिरहेका छन्।
सिबिआईको अनुसन्धान
सिबिआईले सुशान्त सिंहले आत्महत्या गरेका हुन् वा उनको हत्या गरिएको हो भन्नेमा अनुसन्धान गरिरहेकोे छ। भारतको सर्वोच्च अदालतले सुशान्तले आत्महत्या गरेको हो वा हत्या गरिएको होे, त्यसबारे अनुसन्धान गर्ने जिम्मेवारी सिबिआईलाई दिएको होे।
महाराष्ट्रका गृहहमन्त्री अनिल देशमुखले सिबिआईले सुशान्त सिंह राजपूतबारे गरेको अनुसन्धान सार्वजनिक गर्नुपर्ने बताइरहेका छन्। सुशान्तकोे मृत्युबारे सिबिआईले राजपूतकी प्रेमिका रिया चक्रवर्ती, साथी सिद्धार्थ पठानी, निरज र दिपेश सावन्तसँग बयान लिएको थियो।
सिबिआईले अनुसन्धानका लागि एक समिति गठन गरेको थियो। अनुसन्धान समितिकोे अगुवाइ दिल्लीकोे अखिल भारतीय आयुर्विज्ञान संस्थानका फरेन्सिक विभाग प्रमुख डा.सुधीर गुप्ताले गरेका थिए।
घटनाको अनुसन्धान गर्न राजपूतको फ्ल्याटमा क्राइम सिन सुट गरिएकोे थियो, जुन कुरा डा. गुप्ताले सेप्टेम्बरमा बुझाएको रिपोर्टमा उल्लेख गरिएको छ। सञ्चारमाध्यमसँग कुरा गर्दै डा. गुप्ताले सुशान्तले फासी लगाई आत्महत्या गरेको र उनको शरीरमा अन्य कुनै प्रमाण तथा दाग चोेटपटक नपाइएकोे बताएका थिए।
राजपूत मृत्युको अनुसन्धानबारे भारतीय जनता पार्टीका सांसद सुब्रमण्यम स्वामीले प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयबाट तथ्यहरुमा काम गरेका थिए।
सिबिआईले राजपूतको मृत्युबारे अनुसन्धानका लागि सबैभन्दा उन्नत प्रविधि प्रयोग गरिएको बताएको छ। महाराष्ट्र प्रहरीमा पूर्व महानिर्देशक सुवोत्र कुमार जयसवाल सिबिआईका निर्देशकमा नियुक्त भएका छन्। राजपूतकोे मुत्युबारेको रहस्य खोल्नुपर्ने जिम्मेवारी उनको काँधमा आएको छ।
प्रवर्तन निर्देशनालयको अनुसन्धान
सुशान्तको परिवारले उनकी प्रेमिका रिया चक्रवर्तीले बैंक खाताबाट बिना जानकारी १५ करोेड रुपैयाँ निकालेको आअरोप लगाएकोे थियो। निर्देशनालयले आरोपबारे अनुसन्धानका लागि विप्रेषण अफ मनि लाउन्ड्रिङ एक्ट बमोजिम अनुसन्धान शुरु गरेको थियो।
रिया चक्रवर्तीसँग निर्देशालयले २०२० को अगस्टमा सोधपुछ गरेको थियो। उसले रियाको प्रबन्धक र सुशान्तको पूर्व हाउस म्यानेजरसँग पनि सोेधपुछ गरेकोे थियो। प्रवर्तन निर्देशनालयले रिया चक्रवर्तीले सुशान्तको बैक खाताबाट कुनै रकम नझिकेको बताएको छ।
नारकोटिक्स कन्ट्रोल ब्युरोको अनुसन्धान
नारकोटिक्स ब्युरोले रिया चक्रवर्तीको मोबाइल चेक गर्दा ड्रग्सबारे पत्ता लागेको थियो। त्यसपछि ब्युरोले ड्रग्सबारे अनुसन्धानको दायरा बढाएको थियो। ब्युरोले ८ सेप्टेम्बर २०२० मा रियालाई नियन्त्रणमा लियो। रियालाई अदालतमा उपस्थित गराउँदा ब्युरोले रियाले ड्रग्स किनेको भेटिएको बताएकोे थियो। रियाको मोबाइलको ह्वाट्सएप चेक गर्दा उनी ड्रग्स आपूर्तिमा सहभागी रहेकी देखिएकी थिइन्।
अक्टोबर २०२० का रियालाई बम्बई उच्च अदालतले जमानतमा छाड्यो। नारकोटिक्स ब्युरोले ड्रग्स केसमा अनुसन्धानका लागि ३० भन्दा बढीलाई सोधपुछ गरेको छ। जसमा रियाका भाइ शौविक पनि थिए।
एक महिनापछि प्रहरीले सिद्धार्थ पठानीलाई पक्राउ गर्यो। फरार रहेका पठानीलाई प्रहरीले हैदराबादबाट पक्राउ गरेकोे थियो।
सुशान्तकोे मृत्यु हुँदा सिद्धार्थ उनीसँगै फ्ल्याटमा बस्ने भएकाले प्रहरीलाई सिद्धार्थलाई जसरी पनि पक्रनु थियो। ब्युरोले दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रित सिंह, सारा अलि खान र अभिनेता अर्जुन कपुरसँग पनि सोधपुछ गरिसकेको छ।
मुम्बई प्रहरीको अनुसन्धान
सुशान्त सिंह हाइप्रोफाइल भएका कारण भारतभर उनकोे मृत्युबारे अनुसन्धान गर्न दबाब थियो। उनका शुभचिन्तकले उनकोे हत्या गरिएको भन्दै भारतभर नाराबाजीसमेत गरेका थिए।
समस्या के भयो भने उनले सुसाइड नोटसमेत छाडेका थिएनन्। मुम्बई प्रहरीका उपआयुुक्त अभिषेक त्रिमुखले सुशान्तकोे पोष्टमार्टम रिपोेर्टमा उनको मृत्यु झुन्डिएका कारण सास रोेकिनुले भएको जानकारी दिएका थिए।
२७ जुलाई २०२० मा फरेन्सिक ल्याबले मुम्बई प्रहरीलाई आफ्नोे रिपोेर्ट बुझाएको थियो। उसले सुशान्तको हत्या गरिएको बारे ल्याबमा कुनै तथ्य प्रमाण फेला नपरेको जानकारी दिएकोे थियोे।
सुशान्तको घाँटीमा कपडाकोे डाम पाइएको थियो र प्रहरीले उनको फ्ल्याटबाट उक्त कपडा बरामद गरेको थियो। फरेन्सिक ल्याबका अधिकारीले उक्त कपडाले २ सय किलोसम्म वजन उठाउन सक्ने जनाएका थिए।
बिहार प्रहरीकोे अनुसन्धान
बिहार प्रहरीले सुशान्तको हत्याबारे मुम्बई प्रहरीले तटस्थ अनुसन्धान नगरेको भन्दै प्रश्न उठाएको थियो। बिहार प्रहरीले सुशान्तको मृत्युबारे नयाँ मुद्दा दर्ता गरेको थियोे।
सुशान्तकोे परिवारले लगाएको आरोपले घटनामा नयाँ मोड आयो। बिहारको विधानसभा निर्वाचनभन्दा पहिले सुशान्तको प्रकरण पेचिलो बनेको थियो। राजपूतको मृत्यु प्रकरण राजनीतिक दाउपेचमा मात्रै सीमित रहेन, यसले भोटको राजनीति पनि गर्न सहयोग गर्यो।
बिहार प्रहरीको एक टिम मृत्यु प्रकरणबारे अनुसन्धान गर्न मुम्बई गयो। बिहार प्रहरीले मुम्बई गई जाँच गर्न नपाउने भन्दै विभिन्न सवालहरु खडा गरिए। प्रहरीको अधिकारलाई लिएर महाराष्ट्र र बिहारबीच दाउपेच चल्यो।
अहिले सुशान्तको मृत्यु प्रकरणबारे अनुसन्धान गर्ने जिम्मेवारी सिबिआईलाई सुम्पिएको छ। सुशान्तका शुभचिन्तक र उनको परिवार एक वर्षदेखि सिबिआईकोे अध्ययन प्रतिवेदन पर्खिरहेका छन्।
–बीबीसी हिन्दीबाट