काठमाडौं- सरकारले अबको तीन महिना सडक खन्न रोक लगाएको छ। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले एक सूचना जारी गर्दै वर्षायामको तीन महिना धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्न रोक लगाएको हो।
वर्षायाममा जथाभावी सडक खन्दा तत्कालै मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जान भएकाले असार १ देखि भाद्र मसान्तसम्म सडक खन्न नदिने जनाएको कार्यालयले जनाएको छ।
सडक खनेको भेटे कारबाही गर्ने समेत कार्यालयले चेतावनी दिएको छ। सोमबार जारी सूचनामा भनिएको छ- सडक डिभिजन मातहत रहेका कुनैपनि सडक खन्न स्वीकृति नदिने र कसैले जर्बजस्ती खनेको पाइएमा कारबाही गरिने छ।
सरकारको यो निर्णयले आर्थिक वर्षको अन्त्यतिर जथाभावी बाटो खनेर बजेट सक्ने प्रवृतिलाई निरुत्साहित गर्ने देखिएको छ।
