सोमबार, भदौ ८, २०८३

वामदेव र विष्णु पौडेलबीच भेटवार्ता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलबीच भेटवार्ता भएको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलबीच भेटवार्ता भएको छ। गौतमलाई भेटन पौडेल उनको निवास भैसेपाटी पुगेका थिए। 

करिब ४५ मिनेट भएको भेटवार्तामा पार्टी एकताका बारेमा नै छलफल भएको बताइएको छ।

गौतमको सचिवालयले भने भेट व्यक्तिगत भएको जनाएको छ। एमाले एकताका लागि भइरहेका पछिल्ला प्रयासका बारेमा पनि छलफल भएको बुझिएको छ। 

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीले असार २ गते माधव नेपालसहितको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका बेला गौतमलाई भेटन पौडेल उनको निवास पुगेका हुन्।

केहीदिन अघि गौतमले पनि पार्टी एकताका लागि विज्ञप्ति जारी गर्दै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी कमिटीको बैठक बोलाउन माग गरेका थिए।

प्रकाशित: Jun 14, 2021| 05:37 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।