सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनाङेको अभिव्यक्तिले खेलकुदको अपमान भएको भन्दै राखेपले भन्यो- कानुनबमोजिम कारबाही हुनुपर्छ

मनाङेको अभिव्यक्तिले खेलकुदको अपमान भएको भन्दै राखेपले भन्यो- कानुनबमोजिम कारबाही हुनुपर्छ

गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ध्यानाकर्षण जनाएको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं– गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ध्यानाकर्षण जनाएको छ।

राखेपले एक विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक एवम् सभ्य समाजले पचाउन नसक्ने अभिव्यक्तिको संज्ञा दिएको हो।

प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका गुरुङले सञ्चारकर्मीहरूलाई दिएको अन्तर्वार्ता अराजक एवं अशिष्ट भनाइबाट प्रेरित रहेको भन्दै राखेप स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ।

‘राखेप सदस्य–सचिव रमेशकुमार सिलवालज्यू तथा राखेप सदस्य राजेश गुरुङज्यूको नाम लिएर अत्यन्त अमर्यादित अशोभनीय लाल्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्रीज्यूबाट बाहिर आउनु आफैंमा खेदजनक छ।’

निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेद्वारा जारी गरिएको विज्ञप्तिमा मन्त्री राजीव गुरुङको अभिव्यक्तिले खेलकुदको अपमान भएको बताउँदै मन्त्रीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

प्रदेश मन्त्री गुरुङले राखेपका सदस्य राजेश गुरुङ र सदस्य सचिव सिलवाललाई राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएका थिए।

उनले सार्वजनिक र व्यक्तिगत आचरण खराब रहेकोसमेत आरोप लगाएका थिए। गुरुङले पहिलेको सरकार भ्रष्ट रहेकाले सरकार छोडेको बताउँदै एमाले बनेर खेलकुदमा छिर्नेहरूले भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

उनले भनेका थिए, ‘एक नम्बरमा भन्दा राजेश मोटेले पैसा धेरै खाएको रहेछ। खेलकुद सस्दस्य सचिव (रमेशकुमार सिलावल) अर्को फटाहा रहेछ राजेशले कुल ११ वटा जिल्लाको सम्पत्ति एक्लै भोगचलन गर्न पाउने भन्ने चिठी सिलवाललाई दिएको रहेछन्।’

रमेशकुमार र राजेशको सम्बन्ध नजिक रहेको बताउँदै मन्त्री गुरुङले उनीहरूले राज्यको सम्पत्ति दुरुपयोग गरेको बताए।

त्यसपछि राखेप सदस्य राजेश गुरुङले मन्त्री गुरुङको आरोपको जवाफ दिँदै भने, ‘म नाम त लिन चाहन्न तर उहाँलाई राम्रै मान्छे ठानेको थिएँ। मैले उहाँलाई मन्त्री बन्न सहयोग गरेँ। उहाँको पक्षमा कुरा गरेँ। तर, उनले हामीलाई राजनीतिक दाउपेचमा प्रयोग गरे।’

राखेप सदस्य राजेशले थपे, ‘तपाईं जिम्मेवार पदमा हुनुहुन्छ जिम्मेवार पदमा बस्ने मान्छेले बोलेको कति प्रभाव पर्छ त्यो थाहा हुनुपर्छ।’

उनले १३ औं दक्षिण एसियाली खेलकुदमा आफूले खटेर काम गरेको जनाउँदै मन्त्री गुरुङलाई सो कुरा बुझिदिन अनुरोध गरेका छन्। राजेशले आफू र सदस्य सचिवले कुन होटेलमा रक्सी खाँदै हिँडेको प्रमाणित गर्न चुनौती पनि दिएका छन्।

प्रकाशित: Jun 14, 2021| 05:33 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।