सोमबार, भदौ ८, २०८३

रोकिएको खोप अभियान सोमबारदेखि सुरु 

काठमाडौं महानगरपालिकाले कोरोना खोप (भेरोसेल) अभियान पुनः सञ्चालन गरेको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोना खोप (भेरोसेल) अभियान पुनः सञ्चालन गरेको छ। यसअघि महानगरपालिकाले निर्धारित तालिकाभन्दा दुई दिनअगावै खोप कार्यक्रम स्थगित गरेको थियो। 

सोमबारदेखि सञ्चालन भएको खोप कार्यक्रममा ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने छ। यसपटक भने अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ। यसपटक काठमाडौंमा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ। यसअघि ६४, ६३ र ६२ वर्ष उमेरका व्यक्तिले खोप लगाएका थिए।

महानगरले हिजो जारी गरेको सूचना अनुसार पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गरेको छ। खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: Jun 14, 2021| 05:24 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।