सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

झापा- दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ। दमक-५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 

दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक हजार १३७ जना सङ्क्रमण मुक्त भइसकेका पनि स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए। 

दमकमा पिसिआर तथा एन्टिजेन परीक्षणमार्फत हालसम्म कूल एक हजार ५१२ जनामा कोरोनाको दोस्रो भेरियन्ट पुष्टि भइसकेको छ। तीमध्ये महिलाको सङ्ख्या ७३२ छ। 

दमकमा हाल सक्रिय संक्रमित संख्या ३५२ रहेको र होम आइसोलेशनमा रहेकाको संख्या ३४७ रहेको स्वास्थ्य शाखाले जनाएको छ। नगरपालिकाले हालसम्म एक हजार १४६ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतवारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ भने सक्रिय संक्रमित संख्या दुई हजार ४६४ रहेको छ। जिल्लामा कूल संक्रमितको संख्या १२ हजार २४२ पुगेको छ। कोरोना संक्रमणबाट जिल्लाको दमकसहित बिर्तामोड, भद्रपुर र मेचीनगर बढी प्रभावित भएको पाइएको छ। रासस

प्रकाशित: Jun 14, 2021| 05:15 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।