सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यमा समस्या देखिएपछि झलनाथ खनाल अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि झलनाथ खनाल अस्पताल भर्ना

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान पौने ८ बजे उनलाई काठमाडौं थपाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

चार–पाँच दिनदेखि ज्वरो आएर घरमै बसेको र स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ।

अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र अन्य स्वास्थ्य परीक्षण जारी रहेको अस्पतालमा सूचना तथा जनसम्पर्क विभाग प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए। 

यसअघि खनाललाई कोरोना संक्रमण देखिएको थियो। तर, उनी कोरोनामुक्त भएर घर फर्किएका थिए। 

प्रकाशित: Jun 14, 2021| 05:07 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।