सोमबार, भदौ ८, २०८३

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दुई जना पक्राउ

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

धनगढी- दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

बैतडीको डिलासैनी गाउँपालिका–६ का ३० वर्षीय लोकेन्द्रनाथ योगी र ३० वर्षीय नरेन्द्रनाथ योगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आइतबार पक्राउ गरेको प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए। 

स्वास्थ्यकर्मीको लापरबाहीले नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोजेको प्रहरीले जनाएको छ।

शैल्यशिखर नगरपालिका-१ का ३२ वर्षीया वसन्तीनाथ शनिबारको गोकुलेश्वर अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। शल्यक्रिया गरेर निकालेको करिब पाँच मिनेटपछि शिशुको मृत्यु भएको थियो। 

डाक्टरको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आक्रोशित आफन्तहरू प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले पीडित पक्षलाई उचित क्षतिपूर्ति र दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए। 

पीडित र तीनका आफन्त प्रदर्शनमा उत्रिएपछि अस्पतालमा तनावको स्थिति पैदा भएको थियो। स्थिति तनावग्रस्त भएपछि अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी शिखर, इलाका प्रहरी कार्यालय लटिनाथ र जिल्ला प्रहरी कार्यालय बैतडीबाट थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए।

प्रकाशित: Jun 14, 2021| 04:35 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।