सोमबार, भदौ ८, २०८३

देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

सोमबार देशका अधिकांश स्थानमा मौसम सक्रिय रहेको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- सोमबार देशका अधिकांश स्थानमा मौसम सक्रिय रहेको छ। मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ।

सोमबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नम्बर १, प्रदेश नम्बर २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ।

बाढी पूर्वानुमान महाशाखाले पनि लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रुकुम, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी र अछाम आसपास भए बहने साना ठूला नदीमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: Jun 14, 2021| 03:20 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।