सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन आयोगको निर्णयप्रति बाबुराम भट्टराईको असन्तुष्टि

निर्वाचन आयोगको निर्णयप्रति बाबुराम भट्टराईको असन्तुष्टि

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोग निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोग निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

आइतबार आयोगले जसपाको दुवै पक्षले गरेको कारवाहीको निर्णयलाई मान्यता नदिने भन्दै जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवलाई नै आधिकारिकता दिने निर्णय गरेको थियो। 

आयोगको यो निर्णय वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला भएको भन्दै भट्टराईले असन्तुष्टि जनाएका छन्। 

सोमबार बिहान भट्टराईले ट्विट गर्दै आयोग निर्णयमा प्रधानमन्त्री केपि शर्मा ओलिलाई पनि जोडेका छन् । 

`खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू! चोरलाई पनि मैले चोरेको हैन,उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!,'  भट्टराईले ट्विटमा भनेका छन्। 

प्रधानमन्त्री केपि ओलिलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा सुरु भएको जसपाको विवाद एक अर्कालाई कारवाही र निष्कासन गर्नेसम्म पुगेको छ। दुवै पक्षले एक अर्कालाई कारवाही गरिएको भन्दै आयोगमा विवरण अध्यावधिक गर्न पत्राचार गरेको थियो। तर, आयोगले कानुन अनुसार उक्ति निवेदन नआएको भन्दै पुनः लेखी पठाउन भनेको थियो ।

आइतबारसम्म उपेन्द्र पक्षले लेखी पठाए पनि महन्थ पक्षले भने आयोगमा पत्र पठाएको थिएन।

दुवै पक्षको निर्णय र जसपाको आयोगमा पेश भएको विवरण, विधान लगायत अध्ययन पछि आयोगले आइतबार उक्त निर्णय गरेको हो।

अहिले जसपाको महन्थ राजेन्द्र पक्ष केपि ओलि नेतृत्वको सरकारमा सहभागी छ। उता प्रदेश नम्बर २ मा सो पक्षका मन्त्रीलाई वर्खास्त गरेर कांग्रेससितको सहकार्यमा उपेन्द्र पक्षले सरकार सञ्चालन गरिरहेको छ।

प्रकाशित: Jun 14, 2021| 02:15 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।