सोमबार, असार २९, २०८३

आजका अखबार : थपिए हवाई रुट, देउवा झन कमजोर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले हवाई प्रवेश विन्दु थपिएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाट मात्रै छिर्नु पर्ने बाध्यता हटेको छ । छिर्न अब विराटनगर, जनकपुर तथा महेन्द्रनगरको बोर्डरबाट पनि अब विमान नेपाल छिर्न पाउने गरि सहमती भएको विषयलाई कान्तिपुर र अन्नपूर्ण पोस्ट्ले मुख्य समाचार बनाएका छन् । 

यस्तै आजका पत्रपत्रिकाले सत्तारुढ दलका सांसदलाई प्रधानमन्त्री केपी ओलीले बजेटको विरोध नगर्न अपिल गरेको, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख तीन भातृसंस्थामा पकड गुमाएकोलगायतका विषयलाई विशेष महत्व दिएर छापेका छन् । 

थपिए नयाँ हवाई प्रवेश विन्दु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित खबर अनुसार पूर्व तथा पश्चिम दिशा हुँदै नेपाल आउने जहाजका लागि थप चार वटा प्रवेश विन्दु थपिएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा नेपाललाई थप प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्ष सहमत भएसँगै नयाँ रुट थपिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणको प्राविधिक टोलीबीच काठमाडौंमा बिहीबार र शुक्रबार भएको छलफलमा नयाँ रुटको विषयमा सहमति भएको हो ।

सहमतिपत्रमा नेपालका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा एयर नेभिगेसन विभागका प्रमुख नरेन्द्रबहादुर थापा क्षेत्री र भारतीय विमानपत्तन प्राधिकरणको एयर नेभिगेसन विभागका अनिलकुमार दत्ताले हस्ताक्षर गरेका थिए ।

नेपाल र भारतीय पक्षबीच सन् २०१६ को डिसेम्बरदेखि नयाँ हवाई मार्गबारे छलफल सुरु भएको थियो । दुई पक्षीय वार्तामा भारतीय पक्षले काठमाडौं-विराटनगर, काठमाडौं-जनकपुर, काठमाडौं-जनकपुर-पटना र महेन्द्रनगर हुँदै नेपाल आउने जहाजका लागि १४ हजार फिटदेखि २४ हजार फिटको उचाइमा मात्रै प्रवेश दिने गरी सहमति भएको श्रेष्ठले जानकारी दिए ।

देउवा झन कमजोर

कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरि पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ ।

हालै सम्पन्न तीन भ्रातृसंस्थाको निर्वाचन परिणामले देउवाको प्रभाव घट्दै गएको पुष्टि गरेको हो । 

कान्तिपुरमा प्रकाशित खबर अनुसार पार्टीको प्रभावशाली तथा सदस्य संख्या ठूलो भएको भ्रातृसंस्था ट्रेड युनियन कांग्रेसमा देउवाविरोधी खेमा एकलौटी विजयी भएको छ ।

७ पदाधिकारी सहित ४१ पदमा शुक्रबार भएको निर्वाचनमा देउवा सदस्यिय प्यानलबाट एक सदस्य मात्रै निर्वाचित भए । सबै पदाधिकारीसहित अन्य सदस्य संस्थापनइतर पक्षले जितेको छ । 

ढेड महिना यता भएको अधिवेशनमा पार्टीका प्रभावशाली भ्रातृ तथा शुभेच्छुक संस्था नेपाल शिक्षक संघ र नेपाल निजमति कर्मचारी संघसमेत देउवाले आफ्नो पक्षमा राख्न सकेनन् । जबकी यी तिवटै भ्रातृसंस्थामा यसअघि बहुमतसहित देउवा पक्षको नेतृत्व थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।