आइतबार, वैशाख २७, २०८३

इजरायलमा १२ वर्षपछि ढल्यो नेतान्याहूको सत्ता

आइतबार इजरायली संसद्ले नेतान्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेपछि नेतान्याहूको बहिर्गमन निश्चित भएको हो। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

जेरुसेलम- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिने भएका छन्। लामो समय सत्तामा शक्ति जमाएका प्रधानमन्त्री बिदा हुने भएका हुन्। 

National life

आइतबार इजरायली संसद्ले नेतान्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेपछि नेतान्याहूको बहिर्गमन निश्चित भएको हो। 

नेतान्याहूको बहिर्गमनसँगै दक्षिपन्थी यामिना पार्टीका नाफ्ताली बेनेट प्रधानमन्त्री बन्ने भएका छन्। गठबन्धनले हालै गरेको सहमतिअनुसार बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म प्रधानमन्त्री बन्न पाउनेछन्। त्यसपछि भने उनले येस अतीर पार्टीका याइर लापिडलाई सत्ता हस्तान्तरण गर्नुपर्ने हुन्छ। 

नेतान्याहु सन् २००९ देखि लगातार प्रधानमन्त्री पदमा थिए। 

को हुन् नाफ्ताली?
४९ वर्षीय नाफ्ताली अमेरिकी आप्रवासीका सन्तान हुन्। सन् १९९६ मा उनी सैनिक सेवाबाट अलग भएका थिए। त्यसको ३ वर्षपछि क्योटा नामक प्रविधि कम्पनी खोलेका उनले कम्पनीमा ६ वर्ष बिताएपछि १४ करोड ५० लाख अमेरिकी डलरमा बिक्री गरेका थिए। 

सन् २००६ को लेबनान युद्धपछि उनी राजनीतिमा सक्रिय भएका हुन्। त्यसबेला नेतान्याहू प्रमुख प्रतिपक्षी दलका नेता थिए। उनीहरूबीच सोही बेलादेखि निकटता बढेको थियो।

सन् २०१३ देखि २०१९ सम्म उनले इजरायली सरकारमा डायस्पोरा मन्त्रालयको जिम्मेवारी लिएका थिए। सन् २०१९ देखि सन् २०२० सम्म उनी रक्षा मन्त्रालयका जिम्मेवारीमा थिए। उनी आइतबार नै प्रधानमन्त्रीका लागि सपथ ग्रहणको तयारीमा छन्। 

प्रकाशित: Jun 13, 2021| 18:15 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।