सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपालसहित एमाले स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली

माधव नेपालसहित एमाले स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली

`बैठक बोलाउने निर्णय भइसकेको छैन। प्रदेश सभामा बजेट विषयमा बढी केन्द्रित हुनुपर्ने अवस्था छ। केही मुख्यमन्त्री पनि बैठकमा सहभागी हुने भएकोले छलफल गर्दैछौं,´ प्रवक्ता ज्ञवालीले भने, 'सम्भवत असार २ गते नै बोलाउने विषयमा कुरा भइरहेको छ।´
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसहितको पार्टीको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन्। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको स्थायी कमिटीको बैठक बोलाउने तयारी भएको जानकारी दिएका हुन्। 

`बैठक बोलाउने निर्णय भइसकेको छैन। प्रदेश सभामा बजेट विषयमा बढी केन्द्रित हुनुपर्ने अवस्था छ। केही मुख्यमन्त्री पनि बैठकमा सहभागी हुने भएकोले छलफल गर्दैछौं,´ प्रवक्ता ज्ञवालीले भने, 'सम्भवत असार २ गते नै बोलाउने विषयमा कुरा भइरहेको छ।´

अदालतको आदेशले बैठकमा फरक नपार्ने ज्ञवालीको भनाइ छ। माधव नेपाल पक्षको सहभागिताबारे पहिले नै अध्यक्ष ओलीले आह्वान गरिसकेको उनले उल्लेख गरे। 'माधव नेपालसहितको सहभागितामा बैठक बस्न लागेको हो?' भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले छलफल चलिरहेकाले चाँडै टुंगोमा पुगिने जानकारी दिए।

प्रकाशित: Jun 13, 2021| 14:58 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।