सोमबार, चैत ९, २०८२

कक्षा १० को नतिजा असार २० सम्म पठाइसक्न बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरेको छ।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरेको छ। कार्यविधिअनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेसम्म जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको हो।

National life

मूल्यांकनको मुख्य आधार विषय शिक्षकलाई बनाइएको छ। अघिल्लो वर्ष ३ सदस्यीय मूल्यांकन समिति बनाइएकोमा यो वर्ष त्यसलाई परिवर्तन गरी ५ सदस्यीय मूल्यांकन समिति बनाउनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘५ सदस्यीय मूल्यांकन समितिमा विद्यालयले गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक, प्रधानाध्यापक र एक जना वरिष्ठ शिक्षक समावेश गरी मूल्यांकन समिति बनाउनुपर्ने हुन्छ।’ सोमबार बोर्डले सबै विद्यालयलाई कार्यविधिअनुसार विद्यार्थीको मूल्यांकनका आधारमा नतिजा तयार गर्न निर्देशन दिने भएको हो। कोभिड –१९ महामारीका कारण भौतिक रुपमा एसईई परीक्षा सञ्चालन गर्ने अवस्था नभएपछि यो वर्ष पनि राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निणर्य गरेको थियो।

यस्तो छ कार्यविधि

कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८ मा विषय शिक्षकले विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतका विषयलाई हेरेर विद्यार्थीलाई २० प्रतिशत अंक दिन सक्नेछन्।

Laxmi sunrise bank
kumari

विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकनका आधारमा ५५ प्रतिशत, प्रयोगात्मक कक्षाको २५ प्रतिशत अंक दिन सक्ने व्यवस्था गरिएको छ। प्रयोगात्मक विषय नभएका विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतका विषयलाई हेरेर २५ प्रतिशत र विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकनका आधारमा ७५ प्रतिशत अंक दिन सक्ने व्यवस्था गरिएको हो।

विषय शिक्षकले विद्यार्थीको मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ। त्यसरी विषय शिक्षकले पेश गरेको मूल्यांकनलाई समितिले कार्यविधिमा भएको व्यावस्थाअनुसार भएनभएको रुजु गरी प्रमाणित गर्नेछ। रुजु गरेर प्रमाणित गरिसकेपछि मूल्यांकन समितिले नतिजाको हार्डकपी, सफ्टकपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाइ सक्नुपर्नेछ।

प्रकाशित: Jun 13, 2021| 14:59 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्