सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शेखर र गगनले एउटै मंचबाट भने,  'कम्युनिस्टसँग अब देउवा लड्न सक्दैनन्'

शेखर र गगनले एउटै मंचबाट भने,  'कम्युनिस्टसँग अब देउवा लड्न सक्दैनन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली काँग्रेसका नेता डा शेखर कोइराला तथा युवा नेता गगन थापाले अब कम्युनिस्ट सरकारले लाद्‌न खोजेको सर्वसत्ताबादविरुद्ध शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस लड्न नसक्ने बताएका छन्।  दुवैको भनाइ छ,  'केपी ओलीले दुई तिहाइ बहुमतको आडमा मुलुकमा सर्वसत्तावाद लाद्‌ने कोसिस गरिरहेका छन्। योसँग लड्न देउवा सक्दैनन्।'

नेपाली कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशन उद्घाटन समारोहमा  शनिबार शेखरले  अदालत र प्रेसमाथि आक्रमण गरी वामपन्थीहरुले मुलुकलाई सर्वसत्तावादतर्फ उन्मुख भएको स्पस्ट संकेत दिएका छन्। 

नेपाली काँग्रेसको अहिलेको नेतृत्वले सर्वसत्तावादविरुद्धको अभियानको नेतृत्व गर्न नसक्ने जिकिर गर्दै नेता कोइरालाले पार्टीभित्र व्यापक शुद्धीकरणको खाँचो औँल्याए। युवा नेता गगन थापाले निर्वाचन हारेको कारण नभई लोकतान्त्रिक पद्धति र संविधान कार्यान्वयन अल्झनमा पर्ने हो कि भन्ने विषयले नेपाली काँग्रेस आत्तिएर छटपटाएको बताउनुभयो । 

थापाले भने, “राजनीति जितेको, चुनाव हारेको अवस्था हो अहिले काँग्रेसको, वर्तमान सरकारले संविधानको पूर्णपालना गरोस्, जनतालाई सेवाप्रवाह राम्रो ढंगले गरोस्, सरकारले राजनीतिक स्थिरता दिएरमात्र हुँदैन, लोकतान्त्रिक संस्कारलाई बलियो बनाओस्, सरकारको त्रुटिपूर्ण सोचले युवा पुस्ता खेर जान्छन् कि, संविधानको पालना हुन्छ कि हुँदैन भन्ने हाम्रो प्रश्न र चिन्ता हो ।” 
दुई तिहाइ बहुमतको आडमा सरकारले निर्वाचन आयोग, अदालत र प्रेसमाथि नियन्त्रण गर्न उद्धत रहेको देखिन्छ भन्दै नेता थापाले काँग्रेस प्रश्न र समस्या होइन, उत्तर र समाधान दिने पार्टी बनाउने अभियानमा आफूहरु जुटेको धारणा राखे।

काँग्रेसको कार्यशैलीबाट असन्तुष्ट भएर बसेका काँग्रेसजनलाई गोलबन्द गर्दै आगामी पाँच वर्षभित्रमा १५ लाख नयाँ मतदातालाई आकर्षण गर्ने अभियानमा पार्टीले दिने जस्तोसुकै जिम्मेवारीलाई शिरोधार्य गरी ५० हजार युवालाई आफू एक्लैले नेपाली काँग्रेसको पक्षमा ल्याउने अठोट व्यक्त गरे । उक्त सम्पर्क समितिले खिमानन्द बस्यालको अध्यक्षतामा नयाँ नेतृत्वको चयन गरेको छ भने सुरज पौडेलको नेतृत्वमा पाल्पा काठमाडौ नेविसंघ समिति र संजय श्रेष्ठको संयोजकत्वमा तरुण दल तदर्थ समिति पनि गठन गरेको छ । 

बस्याल नेतृत्वको सम्पर्क समितिको उपाध्यक्षमा पाण्डव पौडेल, विक्रमसिं ठकुरी, महिला उपाध्यक्षमा विमला बस्याल, सचिवमा अमृत अधिकारी, कोषाध्यक्ष मिनप्रसाद बस्याल लगायत निर्वाचित भएका छन्।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।