सोमबार, भदौ ८, २०८३

कछुवासहित ४ जना पक्राउ  

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-१ पूर्व बस स्टेन्ड बस्ने ४३ वर्षीय जिवन गुरुङ, सुनवर्षी नगरपालिका-१ केचना शुक्रबारे बस्ने २५ वर्षीय दीपक भन्ने मेघराज थापा, २१ वर्षीय निरज खडका र २० वर्षीय आकाश रायमाझी रहेका छन्। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

मोरङ- करिब ८ केजी तौल भएको कछुवासहित ४ जना पक्राउ परेका छन्। मोरङको रंगेलीस्थित ईलाका प्रहरी कार्यालको प्रहरी टोलीले शनिबार राती पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-१ पूर्व बस स्टेन्ड बस्ने ४३ वर्षीय जिवन गुरुङ, सुनवर्षी नगरपालिका-१ केचना शुक्रबारे बस्ने २५ वर्षीय दीपक भन्ने मेघराज थापा, २१ वर्षीय निरज खडका र २० वर्षीय आकाश रायमाझी रहेका छन्। 

सुनवर्षी नगरपालिका-८ स्थित सडकमा मे १० प ५६२ नम्बरको मोटरसाइकलमा सवार जीवन र मेघराजले कछुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेपछि उक्त कार्यमा सहयोग गर्ने को २३ प ५९३१ नम्वरको मोटरसाईकलमा सवार निरज र आकाशलाई समेत पक्राउ गरेको हो। 

उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय रंगेलीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित: Jun 13, 2021| 13:44 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।