सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको सीमामा तारबार लगाउन सुदूरपश्चिम प्रदेशसभाका सांसदको माग

भारतको सीमामा तारबार लगाउन सुदूरपश्चिम प्रदेशसभाका सांसदको माग

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य तारा लामा तामाङले नेपाल–भारतको सीमा क्षेत्रमा तारबार लगाउनुपर्ने बताएका छन्। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य तारा लामा तामाङले नेपाल–भारतको सीमा क्षेत्रमा तारबार लगाउनुपर्ने बताएका छन्। 

प्रदेश सभाको आठौँ अधिवेशनको ११औं बैठकमा बोल्दै सत्तारुढ दल नेकपा एमालेका सांसद तामाङले सीमावर्ती क्षेत्रमा भारतको ज्यादती बढेको भन्दै तारबार लगाउनुपर्ने बताए।

‘हुलाकी सडकमा काम गर्दा भारतीय सुरक्षाकर्मी आएर डराउने र धम्काउने काम गर्दै आएका छन्’, आइतबार सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै तामाङले भने, ‘कञ्चनपुरदेखि दार्चुलासम्म कतै पनि सीमा व्यवस्थित नभएको हुँदा ठूलो बजेट लगानी गरेर संरचना निर्माण गर्न नसके पनि तारबार त गर्नैपर्छ।’ 

उनले तारबार गर्दैमा भारतसँग नराम्रो व्यवहार नहुने बताए। ‘तपाइँ हामी सधैसँगै बस्ने दाजुभाई छुट्दा त घरमा पर्खाल लगाउँछौ। राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम उठाउनैपर्छ’, तामाङले भने, ‘नेपाल–भारत हुने आवतजावतलाई व्यवस्थित बनाउनका लागि पनि सीमामा तारबार आवश्यक छ।’ उनी कञ्चनपुरको दक्षिणी क्षेत्रबाट निर्वाचित सासंद हुन्।

प्रकाशित: Jun 13, 2021| 13:23 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।