सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाका दुवै पक्षको कारबाही मान्य नहुने आयोगको निर्णय, ठाकुर र यादव अध्यक्ष कायमै

जसपाका दुवै पक्षको कारबाही मान्य नहुने आयोगको निर्णय, ठाकुर र यादव अध्यक्ष कायमै

राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५१ को व्यवस्थामा 'पदाधिकारीको हेरफेर' भन्ने शब्दावली रहेको तर 'पदाधिकारीको निष्कासन'सम्मको अर्थभाव रुपमा प्रकट नगर्ने आयोगको ठहर छ। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- निर्वाचन आयोगले जसपाका दुवै पक्षले एकअर्कालाई गरेको कारबाही मान्य हुन नसक्ने निर्णय गरेको छ। जेठ ३० मा बसेको आयोगको बैठकले दुवै पक्षले दाबी गरेजस्तो निर्णय गर्न कानुनसम्मत नहुने ठहर गरेको हो। 

राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५१ को व्यवस्थामा 'पदाधिकारीको हेरफेर' भन्ने शब्दावली रहेको तर 'पदाधिकारीको निष्कासन'सम्मको अर्थभाव रुपमा प्रकट नगर्ने आयोगको ठहर छ। 

'एउटै दलका दुई अध्यक्षले सो दलका पदाधिकारीलाई दलबाट निष्कासनको कारवाही गरी अद्यावधिकका लागि अनुरोध भै आएको विषयलाई कानूनसम्मत निर्णय हो भनी मान्न मिलेन,' आयोगले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जसपाको महन्थ ठाकुर पक्ष सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले उनलाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरेका थिए भने ठाकुरले पनि यादवलाई निष्काशन गरेका थिए। 

यसबारे विवरण अद्यावधिक गर्न दुवै पक्षले आयोगमा निवेदन दिएका थिए। तर आयोगले दुवै पक्षका दाबीलाई कानुनी मान्न नसकिने भन्दै दुवै अध्यक्ष भएको तत्कालीन कार्यसमितिलाई नै मान्यता दिएको हो। 

प्रकाशित: Jun 13, 2021| 13:19 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।