सोमबार, भदौ ८, २०८३

कैलालीमा डाँका-चोरी मुद्दामा फरार १० वर्षपछि पक्राउ

कैलालीमा डाँका-चोरी मुद्दामा फरार १० वर्षपछि पक्राउ परेका छन्। जिल्लाको धनगढी उप-महानगरपालिका-२ का ५० वर्षीय गोविन्दराज अवस्थीलाई पक्राउ गरिएको हो।  
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

धनगढी- कैलालीमा डाँका-चोरी मुद्दामा फरार १० वर्षपछि पक्राउ परेका छन्। जिल्लाको धनगढी उप-महानगरपालिका-२ का ५० वर्षीय गोविन्दराज अवस्थीलाई पक्राउ गरिएको हो।  

२०६५ मंसिर ५ गते कैलालीको साबिक मालाखेती गाउँ विकास समिति–७ बाट यार्सागुम्बालगायत नगद तथा जिन्सी सरसमान डाँका-चोरीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

सोही बेला पक्राउ परेका उनी कैलाली जिल्ला अदालतको आदेशमा धरौटी तारेखमा छुटेका थिए। तर २०६८ असार ३१ गतेको फैसलाले उनलाई  ६ वर्ष कैद र ४५ लाख ३८ हजार ५५० रुपैयाँ जरिवाना आदेश भएको थियो। पुनरावेदन अदालत र सर्वोच्च अदालतले पनि कैलाली जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो।

जरिवाना तिर्न बाँकी रहेका उनी त्यसयता फरार रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

उनलाई कैलालीको धनगढी उप-महानगरपालिका–३ बाट शनिबार पक्राउ गरेको विष्टले बताए। उनले ५ वर्ष ११ महिना ३ दिन कैद भुक्तान र ४५ लाख ३८ हजार ५५० रुपैयाँ जरिवाना असुलीका लागि कैलाली कारागार पठाइएको विष्टले बताए।

प्रकाशित: Jun 13, 2021| 12:57 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।