सोमबार, चैत ९, २०८२

कर्णालीमा एमबीबीएस सञ्चालन गर्न स्वीकृति, यस वर्षका लागि २५ सिट निर्धारण

'कोभिड–१९ का कारण निर्णय प्रक्रियामा ढिलो भएपनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ,' उनले भने, 'हाललाई एमबीबीएसका लागि प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ।' 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

जुम्ला- कर्णाली प्रदेशमा अब चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगले स्वीकृति दिएसँगै कर्णाली प्रदेशमा पहिलोपटक चिकित्सक उत्पादन हुने भएका हुन्। 

National life

जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फ स्नातक तहमा २५ सिटका लागि एमबीबीएस कार्यक्रम शुरु गर्न स्वीकृति दिने निर्णय गरेको हो। आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिए। 

'कोभिड–१९ का कारण निर्णय प्रक्रियामा ढिलो भएपनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ,' उनले भने, 'हाललाई एमबीबीएसका लागि प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ।' 

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाले कर्णालीका मेधावी छात्रछात्रा र कर्णालीबासीको सपना पूरा भएको बताए। उनले भने, 'प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ।' 

प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्यापन शुरु भइसकेको छ। प्रतिष्ठानमा स्नातोकत्तर तहमा भक्तपुरका डा रहिस कोजु, काठमाडौँ निवासी डा प्रशंसा ताम्राकार र कपिलवस्तुका डा वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन अध्ययनरत छन्। यसैगरी दार्चुलाका डा ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका मुन्ना केशरी पेडियाट्रिक्समा स्नाकोत्तर तहमा अध्ययनरत छन्। 

Laxmi sunrise bank
kumari

शिक्षाध्यक्ष प्राडा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबिबिएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलई धन्यवाद दिए। 'स्नातक तहको चिकित्सा शिक्षा कर्णालीको विकासको कोशेढुङ्गा हो,' उनले भने, 'अब अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ।'

प्रतिष्ठानमा एमबीबीएस सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, भौतिक पूर्वाधार, जुम्ला अस्पतालको स्तरोन्नति, उपकरण थप , दक्ष जनशक्ति (शिक्षक)को व्यवस्थापनमा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेको अथक योगदान थियो। 'कर्णालीको स्वास्थ्य सुधारमा नयाँ युगको शुरुआत भएको छ। अब उत्कृष्ट अध्यापनमा जोड दिनुपर्छ,' उनले भने। 

कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीले मुलुकमा स्वास्थ्य सेवा पुर्‍याउने गरी डाक्टर जनशक्ति उत्पादन गर्दछ,' उनले भने, 'विगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकहरुसमक्ष सेवा पु¥याउने मर्मलाई आत्मसात् गर्दै आफ्नो गन्तव्य तय गर्छ।'

प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबिबिएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुला गरेको बताए। 

कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ट सेवा पुर्‍याउँदै आएको छ। प्रतिष्ठानले  कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा डाक्टरको व्यवस्था समेत गर्दै आएको छ।  

प्रकाशित: Jun 13, 2021| 11:54 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्