सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलायो

सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलायो

सुदूरपश्चिम प्रदेश सरकारले संविधानमा भएको व्यवस्थाभन्दा बढी मन्त्री बनाएको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेशबारे दुवै पक्षसँग छलफलपछि मात्रै निर्णय गर्ने भएको छ ।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले संविधानमा भएको व्यवस्थाभन्दा बढी मन्त्री बनाएको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेशबारे दुवै पक्षसँग छलफलपछि मात्रै निर्णय गर्ने भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले आज अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । 
कमल सिंह राना लगायतले दायर गरेको रिटमा विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ। निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सम्बन्धमा विचार गर्दा दुवै पक्ष राखी छलफल गरी निश्कर्षमा पुग्नु उपयुक्त देखिएको भन्दै सर्वोच्चले असार ६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

५३ जना सांसद रहेको सुदूरपश्चिममा ११ जनाको मन्त्रीमण्डल छ। कुल सांसद संख्याको २० प्रतिशत मात्रै मन्त्रिपरिषद् गठन गर्नुपर्नेमा त्यो भन्दा बढी गरिएको भन्दै रिट परेको थियो।

प्रकाशित: Jun 13, 2021| 11:58 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।