सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रम ओलीले बीएन्डसीलाई सम्बन्धनको दबाब दिएपछि आयोग उपाध्यक्ष गिरीको सुरक्षा माग

प्रम ओलीले बीएन्डसीलाई सम्बन्धनको दबाब दिएपछि आयोग उपाध्यक्ष गिरीको सुरक्षा माग

बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले प्रधानमन्त्री केपी ओलीले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई दबाब दिएको बताएका छन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं– प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगका उपाध्यक्ष डा. कृष्ण गिरीमाथि विवादास्पद मेडिकल कलेज बीएन्डसीलाई सम्बन्ध दिलाउनका लागि दिएको दबाबप्रति बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले आपत्ति जनाएका छन्। उनीहरुले प्रधानमन्त्रीले नै दबाब दिएपछि डा. गिरीको सुरक्षामा समेत चुनौती खडा भएको भन्दै चिन्ता जनाएका छन्।

आन्दोलन र अलायन्सले आइतबार जारी गरेकाे संयुक्त वक्तव्यमा भनिएको छ, ‘आज जेठ ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रक्रिया मिचेर बीएन्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन्। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसमेतले उपाध्यक्ष गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ।’

‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशयी पार्ने चेष्टा आफैंमा भर्त्सना योग्य छँदै छ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ।’ 

२८ जेठमा बसेका आयोगको बैठकमा प्रक्रिया पुर्‍याएर मात्र सम्बन्धन दिनुपर्ने सुझाव विज्ञहरुले दिएकोमा त्यसविपरीत प्रधानमन्त्री ओलीले सम्बन्धनका लागि उपाध्यक्षलाई दबाब दिएको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको ज्यादतीलाई भत्सर्नायोग्य भनिएको छ।  उनीहरुले भनेका छन्, ‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशयी पार्ने चेष्टा आफैंमा भर्त्सना योग्य छँदै छ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ।’ 

विज्ञप्तिमा डा. गिरीको जीवन रक्षा अहिले मुख्य चिन्ताको विषय बन्न पुगेको भन्दै चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ। उनीहरुले डा. गिरीको सुरक्षाका निम्ति आ–आफ्नो ठाउँबाट आवाज उठाउन र आन्दोलित हुन सबै राजनीतिक दल, पेसाकर्मी तथा नागरिकमा अपिल गरेका छन्। 

यस्ताे छ विज्ञप्ति

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको सुरक्षाका लागि अपिल

यही जेठ २८ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकपछि विकसित नाटकीय घटनाक्रमहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त बैठकमा बीएण्डसी मेडिकल कलेजको सम्बन्धनबारे चलेको छलफल निश्कर्षविहीन भएको तथा विज्ञ सदस्यहरुले आवश्यक प्रक्रिया पु¥याएर मात्रै सम्बन्धन दिनुपर्ने कुरा राखेको तथ्य सार्वजनिक भैसकेको छ । त्यसै सन्दर्भमा आज विकसित घटनाक्रमले अत्यन्त गम्भिर मोड लिएको छ ।

आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजिनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ ।

राज्यशक्तिको चरम् दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भत्सर्नायोग्य छ। मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयम्मा भत्सर्नायोग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ । त्यसैले डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मूख्य चिन्ताको विषय बन्न पुगेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौं ।

त्यसैगरी डा. गिरीको सुरक्षाका निम्ति आ–आफ्नो ठाउँबाट आवाज उठाउन र आन्दोलित हुन हामी सबै राजनीतिक दल, पेशाकर्मी तथा नागरिकहरुमा अपिल गर्दछौं ।

बृहत् नागरिक आन्दोलन                                                                                               सोलिडारिटी फर डा. केसी अलायन्स

प्रकाशित: Jun 13, 2021| 11:27 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।