सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज २४ सयमा कोरोना पुष्टि, ४ हजार संक्रमणमुक्त, ४६ को मृत्यु

आज २४ सयमा कोरोना पुष्टि, ४ हजार संक्रमणमुक्त, ४६ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने झण्डै ४ हजार संक्रमणमुक्त भएका छन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने झण्डै ४ हजार संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ९९४ संक्रमणमुक्त भएका हुन्।

यस्तै यो अवधिमा ४६ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार ५१७ पीसीआर र ४ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६९४ जनाको पीसीआर र ७१३ जनाको एन्टीजेनमा कोरोना पुष्टि भएको हो। 

हालसम्म नेपालमा ३२ लाख १४ हजार ७२५ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। आज परीक्षणको २२.५ प्रतिशतमा कोरोना संक्रमित पुष्टि भएको हो।

प्रकाशित: Jun 13, 2021| 11:02 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।