सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेश १ हप्ता थप, अत्यावश्यकबाहेकका क्षेत्र केही खुकुलो

निषेध आदेश १ हप्ता थप, अत्यावश्यकबाहेकका क्षेत्र केही खुकुलो

काठमाडौं उपत्यकामा निषेध आदेश थप एक हप्ता लम्बिने भएको छ।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा निषेध आदेश थप एक हप्ता लम्बिने भएको छ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो पार्दै निषेध आदेश एक हप्ता थप्ने निर्णय गरेको हो।

थप गरिएको निषेध आदेशको समयमा खाद्यान्न, निर्माण तथा पुस्तकपसलहरुलाई केही खुकुलो पारिएको छ।

स्रोतका अनुसार अब खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइनेछ। यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो।

यस्तै पुस्तक पसलहरु पनि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। यसअघि पुस्तक पसल खोल्न रोक लगाइएको थियो।

यसैगरी निर्माण सामग्रीका पसलहरु अपराह्न ४ बजेपछि खोल्न पाइने भएको छ।

अनलाइन डेलीभरीलाई सहज बनाइएको छ भने कृषि कार्य सञ्चालन गर्न दिइने भएको छ। यसैगरी भिषा प्रक्रियालाई सहज बनाइने पनि बताइएको छ।

अन्य अत्यावश्यक सेवा भने पूर्ववत् सूचारु रहनेछन्।

यस्ताे छ काठमाडाैंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश

 

प्रकाशित: Jun 13, 2021| 10:54 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।