काठमाडौं- पाँच दिनअघि काठमाडौंको बौद्धस्थित नयाँवस्ती टाउन प्लानिङमा भेटिएको शवको अवशेष महिलाको रहेको पुष्टि भएको छ।
महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले बौद्धमा भेटिएको मानिसको खुट्टाभन्दा मुनिको भाग वयस्क महिलाको भएको जानकारी दिएका हुन्।
सिंहले टिचिङ अस्पतालले गरेको पोष्टमाटम रिपोर्ट र डिएनए रिपोर्टले बौद्धमा भेटिएको शवको अवशेष महिलाको भएको पुष्टि गरेको हो।
शव महिलाको भएको पुष्टि भए पनि कसको भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
‘शव महिलाको भएको पुष्टि भए पनि नाम थर वतन खुलेको छैन हामी अनुसन्धान गरिरहेका छौं’ एसएसपी सिंहले भने।
जेठ २५ गते बौद्धमा घुँडाभन्दा मुनिको भाग पोलिएको अवस्थामा बोरामा फालेको शव भेटिएको थियो।