सोमबार, भदौ ८, २०८३

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित 

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७८–०७९ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम सभामुखले बहुमतले पारित भएको घोषणा गरेका हुन्। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

बुुटवल– लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७८–०७९ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम सभामुखले बहुमतले पारित भएको घोषणा गरेका हुन्। 

विपक्षी दलहरुले मतदानमार्फत टुुंग्याउन माग गरे पनि सभामुुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम हुन्छ र हुन्न भन्ने प्रक्रियाबाट टुुंग्याउन खोज्दा विपक्षीले हात उठाएर असहमति जनाएका थिए। तर सभामुुखले भिडियो रेकर्ड हुने र समस्या भए अर्को प्रक्रियामा जाने भनेपछि नीति तथा कार्यक्रम हलको बहुुमतले सभामुखले पारित गरेका हुुन्।

लुम्बिनी प्रदेश सरकारका प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेका थिए। उक्त दिन विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई बहिष्कार गरेका थिए। सरकारले कोभिड नियन्त्रण, उपचार, पूर्वाधार विकास तथा रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ।

नीति कार्यक्रम पारित हुनुअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्दै सरकारले समृद्ध र खुशी प्रदेशको सपना पूूरा गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताए। साथै उनले राजनीतिक हिसाबले सरकारसँग ४५ सांसदहरु रहेको तर्क गरेका थिए। 

मुख्यमन्त्री पोखरेलले आइतबार प्रदेशसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै सरकारसँग ४५ जना सदस्यहरु रहेको दावी गर्दै सरकार बहुमतमा रहेको पुष्टि गरे। उनले राजनीतिमा बहुमतको निर्णय मान्य हुने बताउँदै राजनीतिक रुपमा जसपाका ६ सांसद र नेकपा एमालेकी विमला ओली सहित ३९ जना सांसद सत्तापक्षमा रहेको बताए। प्रदेशसभाको अर्को बैठक असार १ गते दिउँसो ३ बजे बस्नेछ।

प्रकाशित: Jun 13, 2021| 09:27 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।