बुधबार, फागुन २७, २०८२

भारतको दिल्लीमा अब रेष्टुरेन्ट पनि खुल्ने

कोरोना संक्रमण घट्दै गएको भारतमा लकडाउन खुकुलो पारिँदै गएको छ। अधिकांश सहरमा ‘लुजडाउन’ सुरु भएको छ। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

एजेन्सी- कोरोना संक्रमण घट्दै गएको भारतमा लकडाउन खुकुलो पारिँदै गएको छ। अधिकांश सहरमा ‘लुजडाउन’ सुरु भएको छ। 

National life

राजधानी रहेको दिल्ली राज्यमा पनि कोरोना संक्रमण न्यून हुँदै गएपछि त्यहाँ रेष्टुरेन्टसमेत खोल्ने तयारी गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन खोल्ने विभिन्न चरणको घोषणा गरेका छन्।

एक हप्ताको ट्रायलको आधारमा दिल्लीमा लकडाउन खुकुलो पारिँदै गएको छ। उनको अनुसार कोरोना संक्रमण फेरि बढेमा तत्काल लकडाउनमा कडाइ गरिनेछ।

दिल्लीमा भोलि (सोमबार)देखि पसल, मल र रेष्टुरेन्टमाथिको प्रतिबन्ध खुकुलो पारिनेछ। केजरीवालका अनुसार यस्ता सेवाहरु बिहान १० बजेदेखि राति ८ बजेसम्म सञ्चालन गरिनेछ। साथै रेष्टुरेन्टहरु ५० प्रतिशत ग्राहक क्षमतामा मात्र सञ्चालन गर्न पाइनेछ।

अहिलेसम्म पसलहरु र यातायात जोरबिजोर प्रणालीमा खुलेका थिए। अब सबै पसल सातै दिन खुल्नेछन्। त्यस्तै हरेक क्षेत्रमा एक साप्ताहिक बजार खोल्ने अनुमति दिइनेछ। जसमा ५० प्रतिशत बिक्रेताले मात्रै आफ्ना पसल खोल्न पाउनेछन्।

Laxmi sunrise bank
kumari

त्यस्तै दिल्ली मेट्रो र सरकारी बसमा ५० प्रतिशत यात्रु राखेर चलाउन पाइनेछ। अटो, क्याबमा २ जना यात्रीलाई मात्रै बस्ने अनुमति हुनेछ। बिहे र अन्तिम संस्कारमा २० जनालाई सहभागी हुने अनुमति दिइनेछ। बैंक्वेट, सभाहल, स्पा, जिम, स्वीमिङ पुल, सार्वजनिक पार्क तथा गार्डेनहरु भने बन्द नै रहनेछन्।

सिनेमा हल, मल्टिप्लेक्स, इन्टरटेन्मेन्ट पार्क पनि खोल्ने अनुमति दिइएको छैन। स्कुल र कलेजहरु पनि बन्द नै रहनेछन्।

प्रकाशित: Jun 13, 2021| 09:11 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।