सोमबार, भदौ ८, २०८३

काठमाडौं महानगरको खोप अभियान फेरि सञ्चालन हुने

महानगरपालिकाले कोरोना खोप (भेरोसेल) अभियान पुनः सञ्चालन गर्ने भएको छ।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- महानगरपालिकाले कोरोना खोप (भेरोसेल) अभियान पुनः सञ्चालन गर्ने भएको छ। महानगरले सूचना जारी गर्दै भोलि र पर्सि (जेठ ३१ र असार १ गते) खोप अभियान सञ्चालन गरिने जनाएको छ। 

यसअघि महानगरपालिकाले निर्धारित तालिकाभन्दा दुई दिनअगावै खोप कार्यक्रम स्थगित गरेको थियो। अब सञ्चालन हुने खोप कार्यक्रममा ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने छ। यसपटक भने अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ। 

यसपटक काठमाडौंमा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ। यसअघि ६४, ६३ र ६२ वर्ष उमेरका व्यक्तिले खोप लगाएका थिए।

प्रकाशित: Jun 13, 2021| 08:45 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।