बुधबार, फागुन २७, २०८२

दिल्लीको लकडाउन खुकुलो, होटल रेष्टुरेन्ट खोल्न पाइने

कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको र स्ंक्रमितको संख्या ओरालो लागेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केरजरीवालले दिल्ली सोमबारबाट आंशिक रुपमा खुल्ने बताएका हुन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

सोमबारदेखि दिल्ली आंशिक रुपमा खुल्ने भएको छ। कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको र स्ंक्रमितको संख्या ओरालो लागेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केरजरीवालले दिल्ली सोमबारबाट आंशिक रुपमा खुल्ने बताएका हुन्।

National life

मुख्यमन्त्री केजरीवालले दिल्लमिा संक्रमण दर ओरोलो लागेको भन्दै लामो समयसम्म लकडाउन हुँदा अर्थव्यवस्थामा परेको असर र तेस्रो लहरका लागि तयारी गर्नुपर्ने जानकारी दिएका छन्।

‘दिल्लीमा संक्रमणदर ओरोलो लागेको र स्थिति नियन्त्रणमा आइसकेको छ। अब अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउने र सम्भावित तेस्रो लहरको लागि तयारीको चिन्ता छ,’ उनले भनेका छन्।

थुप्रै सर्वसाधारणले महामरी तथा लकडाउनका कारण काम तथा रोजगारी गुमाउनु परेको भन्दै बजार खुल्दा उनीहरूको दैनिकीमा सहजता हुने विश्वास व्यक्त गरिएको छ।

नीजि संस्थानहरू बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खोल्न पाइने, बजार, सपिङ मल, रेष्टुरेन्ट होटलहरू बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाउने नियम लागु हुने भएको छ। यस्तै मेट्रो तथा बसमा ५० प्रतिशत यात्रु राखेर सञ्चालन गर्न पाइने छ।

Laxmi sunrise bank
kumari

केजरीवाल सरकारले दिल्लीमा सपिङ मल, सबै प्रकारका पसल, होटल तथा रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको भए पनि एकै स्थानमा ५० भन्दा बढी व्यक्ति जम्मा हुन पाइने छैन।

बिहेमा २० जना मात्रै जान पाइने छ। धार्मिक स्थलहरू खुले पनि सर्वसाधारणलाई अनुमति दिइने छैन।

दिल्ली सरकारले स्कुल कलेज तथा सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने, राजनीतिक वा सामाजिक कार्यका नाममा भीडभाड गर्न नपाइने, सवीमिङ पुल, स्टेडियम, पार्क, जिम हल सिनेमा हल बन्द रहने जजनाएको छ।

प्रकाशित: Jun 13, 2021| 07:46 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।