सोमबार, भदौ ८, २०८३

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जसपाको ह्वीप

प्रदेश २ को प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जनता समाजवादी पार्टी संसदीय दलले ह्वीप जारी गरेको छ।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जनता समाजवादी पार्टी संसदीय दलले ह्वीप जारी गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले बोलाएको जसपा संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको हो। 

प्रदेश प्रमुख राजेश झाले जेठ २७ गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार पारित गराउने तयारी गरिएको छ। आजै दिउँसो ३ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए। 

जसपा भित्रको असन्तुष्टिका कारण नीति तथा कार्यक्रम पारित नहुने आशंकाकाबीच ह्वीप जारी गर्नु परेको जसपाका प्रमुख सचेतक शैलेन्द्र यादवले जानकारी दिए।

यता जसपा महन्थ-राजेन्द्र पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले नीति तथा कार्यक्रमको आफूहरूले समर्थन गर्ने जानकारी दिए। उनले नीति तथा कार्यक्रमको विपक्षमा नजाने बरु पक्षमै मतदान गर्ने बताए। 

यता नेपाली कांग्रेस सरकारमा शामिल भएपछि केही प्रदेशसभा सदस्यहरु समेत असन्तुष्ट देखिएको श्रोतको दावी छ। यद्यपि नेपाली कांग्रेसका सबै प्रदेशसभा सदस्य पक्षमै मतदान गर्ने सचेतक उपेन्द्र कुश्वाहाले जानकारी दिए। उनले भने, ‘आफ्ना सबै प्रदेशसभा सदस्यहरुलाई बैठकमा उपस्थित हुनका लागि भनेको छु, आवश्यक्ता पर्यो भने हामीले पनि ह्वीप जारी गर्नेछौं।’

प्रकाशित: Jun 13, 2021| 07:38 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।