सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दीपक मनाङेसँगको भेटबारे बाबुराम भट्टराईले भने- समाज र राज्यले मान्छेलाई अपराधी बनाउँछ

दीपक मनाङेसँगको भेटबारे बाबुराम भट्टराईले भने- समाज र राज्यले मान्छेलाई अपराधी बनाउँछ

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजीव गुरुङ (दीपक मनाङे)सँगको भेटबारे अन्यथा लिन नहुने बताएका छन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजीव गुरुङ (दीपक मनाङे)सँगको भेटबारे अन्यथा लिन नहुने बताएका छन्। 

‘कुनै पनि मान्छे जन्मजात अपराधी नहुने’ भन्दै फेसबुकमा उनले लेखेका छन्, ‘अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न।’

उनले मान्छेलाई समाज र राज्यले अपराधी बनाउने पनि टिप्पणी गरेका छन्। ‘वर्गीय, जातीय, लैंगिक विभेद् भएको समाजमा राज्य, समाजको वर्चस्वशाली तप्काले उत्पीडित, बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत: अपराध र अपराधी एक सापेक्ष अवधारणा हो,’ उनले लेखेका छन्। 

मनाङे गण्डकी प्रदेशका मन्त्री हुन्। यसअघि निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारमा खेलकुदमन्त्री थिए। 

अहिले गण्डकीमा विपक्षी गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रकाशित: Jun 13, 2021| 07:02 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।