सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीको बजेट मुख्यमन्त्री पोखरेलले नै प्रस्तुत गर्ने

गण्डकीको बजेट मुख्यमन्त्री पोखरेलले नै प्रस्तुत गर्ने

गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने भएका छन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

पोखरा- गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने भएका छन्।

मन्त्रिपरिषद् सदस्यहरूको कार्य विभाजन नभएको अवस्थामा आर्थिक मामिला तथा योजना मन्त्रालय समेत आफैंसँग राखेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा जेठ ३१ गते नीति तथा कार्यक्रम र असार १ गते बजेट प्रस्तुत गर्ने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।

संविधानमा प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनै पर्ने बाध्यात्मक व्यवस्था छ भने स्थानीय सरकारले असार १५ भित्रमा बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ। 

छोटो समयमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यतामा रहेका नेपाली प्रतिपक्षसँग छलफल गरेर अघि बढ्ने खड्काले बताए। 

नेपाली कांग्रेसका नेता पोखरेल शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनीसँगै चार मन्त्रीले शपथ ग्रहण गरे पनि मन्त्रालय बाँडफाँट गरिएको छैन।

सबै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मातहत राखेका छन्।

निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको लागि ३१ अर्बको आयव्यय विवरण तयार पारेका थिए। यो रकम चालु आर्थिक वर्षको भन्दा तीन अर्ब कम हो।

गुरुङले कोभिड-१९ नियन्त्रणमा केन्द्रित गरेर बजेट तयार पारेका थिए।

प्रकाशित: Jun 13, 2021| 06:35 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।