सोमबार, भदौ ८, २०८३

पहिराले भीमदत्त राजमार्ग अवरुद्ध

शनिबारदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका-१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आइतबार बिहानदेखि अवरुद्ध बनेको छ। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

डोटी- शनिबारदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका-१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आइतबार बिहानदेखि अवरुद्ध बनेको छ। 

सडक माथिबाट आएको पहिराका कारण बिहान ६ बजेदेखि राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ। 

पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका छन्। सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीयवासी सोपानसिंह ओलीले जानकारी दिए। 

जिल्लामा गएरातिदेखि लगातार वर्षात भइरहेको छ भने ठाउँ ठाउँमा पहिरो आएर सडक अवरुद्ध भएको बताइएको छ।

प्रकाशित: Jun 13, 2021| 06:13 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।