सोमबार, भदौ ८, २०८३

गण्डकी सरकार ढल्नुको दोषी केपी ओली पनि : गुरुङ 

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले आफ्नो नेतृत्वको सरकार ढल्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली पनि दोषी रहेको बताएका छन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

पोखरा- गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले आफ्नो नेतृत्वको सरकार ढल्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली पनि दोषी रहेको बताएका छन्। आइतबार बिहान पत्रकारहरू कुरा गर्दै उनले सरकार ढल्नुमा ओली पनि दोषी रहेको बताएका हुन्।

‘सबै कारण नै ओली हुन त भन्न मिल्दैन। तर, उहाँका पनि कारण चाहिँ हो,’ उनले भने, ‘नेपालमा दुई तिहाईको सरकार सफल हुन नदिने योजना अनुसारको नै काम भइरहेको छ। नेपाली कांग्रेसको दुई तिहाईको सरकाको हालत हेर्नुस् र अहिले नेकपाको सरकारको हालत हेर्नुस्।’ 

मुख्यमन्त्रीबाट हटेपछि अब आफूलाई पार्टीमा काम गर्न खुल्ला वातावरण मिलेको भन्दै गुरुङले गण्डकी प्रदेशमा जुन सरकार आए पनि संघीयताको मर्म अनुसार काम हुनुपर्नेमा आफ्नो जोड रहने प्रष्ट पारे। 

उनले आफूले सरकारमा ल्याएका र पछिल्लो समय विपक्षी गठबन्धनमा लागेका राजीव गुरुङको पनि प्रशंसा गरे। ‘रत्नाकर डाँकु वाल्मिकी बन्न सक्छ भने, दीपक मनाङे समाजसेवी बन्न किन सक्दैनन्?,’ उनले भने, ‘मैले नै चुनाव जिताएर ल्याएको हो, राम्रो कामको प्रशंसा गर्नुपर्छ।’

प्रकाशित: Jun 13, 2021| 05:55 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।